अमृता सुनार/नवलपरासी , २१ असार
वनदेवि सामुदायिक वन उपभोक्ता समुह सुनवल १,३ रामग्राम ९ को गरीबी निवारण कार्यक्रम अर्न्तगत समुहका कृषकलाई कृषि सामाग्री एव फलफुल विरुवा वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष राम समुझ पासीको अध्यक्षता एवम सुनवल वडा नं ३ का वडाध्यक्ष पविन गुरुङ्गको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा कृषकलाई १ सय १० थान कोदालो, दराज १ थान, पंखा ६ थान, फलफुलका विरुवा ५ सय २१ जनालाई, खेल सामाग्री ७ क्लवलाई वितरण गरिएको थियो ।

कार्यक्रममा वडाध्यक्ष पविन गुरुङ्गले सामुदायिक वनको जिम्मेवारी आफनै वन सदस्यहरुमा रहेको हुदा सामाजिक उत्तरदायित्व अन्तर्गत वितरण गरेको बताउदै प्राप्त सामाग्रीको सदुपयोग गर्न आग्रह गर्नुभयो । सुनवल नगरपालिकाले पनि कृषिमा मनग्य लगानी गरेकोले सबै कृषकहरुलाई त्यसको उपलब्धि लिन उहाले सबैमा आग्रह गर्नुभयो ।

संस्थाका कोषाध्यक्ष रमेश सिंह कुर्मीको स्वागत मन्तव्य रहेको कार्यक्रममा आसमीटोल विकास समितिका सचिव शोभाकान्त शर्मा, नवदुर्गा आधारभुत विद्यालयका प्रधानाध्यापक शिव रेग्मी, संस्थाका सल्लाहकार जय बहादुर पुन लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको कार्यालयका कर्मचारी प्रभु प्रसाद कुम्हालले जानकारी दिनुभयो ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

