राष्ट्रिय दैनिक/ नवलपरासी , २१ असार
पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वाड नं १ महेशपुरमा आयोजित ताजिया मेलाको उद्घाटन समारोह भव्य रुपमा सम्पन्न भएको छ।
ताजिया निर्माण समिति अध्यक्ष हालिम धुनियाको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमका प्रमुख अतिथि पूर्व गृहराज्य मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कण्डेल रहेका थिए। कार्यक्रमका विशिष्ट अतिथिकाे रूपमा लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ जैसवालको उपस्थिति रहेको थियो।
समारोहमा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो भने ताजिया मेलाले धार्मिक सहिष्णुता र सांस्कृतिक विविधतालाई प्रवर्द्धन गर्ने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

