राष्ट्रिय दैनिक / नवलपरासी ,२१ असाेज
मानव अधिकार संरक्षण र प्रवर्द्धनमा सक्रिय एम्नेष्टी इन्टरनेशनल नेपाल समूह–३१, परासीको २८औं वार्षिक साधारणसभा जिल्ला समन्वय समितिको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ।
समूहका संयोजक सुरज यादवको अध्यक्षता र जिल्ला समन्वय समितिका प्रमुख भगौती प्रसाद यादव (रुदल) को प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

साधारणसभामा बोल्दै प्रमुख अतिथि यादवले भने, “स्थानीयस्तरमै मानव अधिकारको प्रभावकारी संरक्षणका लागि युवाहरुको सक्रियता र संस्थागत एकताको खाँचो छ। एम्नेष्टी समूह–३१ ले विगतमा देखाएको सक्रियता अझ विस्तार गर्नुपर्छ।”

साधारणसभामा सहसचिव सन्देश न्यौपानेले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको गतिविधि, चुनौती र आगामी योजना स्पष्ट गर्नुभयो भने कोषाध्यक्ष राजु देवानले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो।

सभामा रामग्राम नगरपालिकाकी निवर्तमान उपमेयर रम्भा कुँवर, सरावल गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष उत्तमा राय, नागरिक निगरानी संस्थाका अध्यक्ष रामजी ज्ञवाली, समूहका पूर्व संयोजक विजय जैसवाल, युवा नेता सद्दाम हुसेन अन्सारी, रेडियो परासीका पूर्व अध्यक्ष सुमन गोपाल आचार्य, पत्रकार हरि शर्मा, पत्रकार बेचु गौडल गायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

उनीहरूले मानव अधिकारका सवालमा एम्नेष्टी समूह–३१ को दीर्घकालीन योगदानको प्रसंसा गर्दै अझ सशक्त रुपमा क्रियाशील रहन शुभकामना व्यक्त गरे।

कार्यक्रमले एम्नेष्टी समूह–३१ को आगामी यात्रालाई थप उद्देश्यपूर्ण र स्थानीय समुदायसँग सहकार्यमा आधारित बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन।

एम्नेष्टी समूह–३१ को उपसंयाेजक उमेश कुमार बि.क काे स्वागत मन्तब्यबाट सुरुवात भएको साधारणसभाकाे कार्यक्रम सहसचिव सन्देश न्यौपानेले सन्चालन गर्नुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

