Rashtriya Dainik

सूर्यपूरा बहुमुखी क्याम्पसको दोस्रो क्याम्पस सभा सम्पन्न

तुलसीराम पौडेल –
सूर्यपुरा ,असार २१

रुपन्देहीको गैडहवा गाउँपालिका -६ सूर्यपुरा स्थित सूर्यपूरा बहुमुखी क्याम्पसको दोस्रो क्याम्पस सभा शनिबार सम्पन्न भयो।गैडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेलले एक कार्यक्रमका बीच क्याम्पस सभाको उद्वाटन गर्नुभयो ।सो अवसरमा सूर्यपुरा बहुमुखी क्याम्पसलाई अगाडि बढाउन गाउँपालिकाले शुरुदेखी नै सहयोग अनुदान दिइरहेको र निरन्तर दिइरहने बताउनु भयो ।
कार्यक्रममा क्याम्पसलाई आर्थिक सहयोग गर्ने दाताहरुलाई आजिवन सदस्यको प्रमाणपत्रहरु वितरण गरिएको थियो ।
कार्यक्रम क्याम्पस संचालक समितिका अध्यक्ष तिलक रिजालको अध्यक्षता तथा गैडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
क्याम्पस प्रमुख कैलाश यादवबाट प्रतिवेदन प्रस्तुत रहेको कार्यक्रममा गैडहवा गाउँपालिका पूर्व अध्यक्ष बच्चुलाल केवट ,गैडहवा गाउँपालिका वार्ड नम्बर – १ का अध्यक्ष प्रदीप चौधरी ,वार्ड नम्बर -५ का अध्यक्ष विजय शर्मा ,क्याम्पस सल्लाहकार सदस्य रामदेव यादव ,सहिद नारायण पोख्रेल रामापुर बहुमुखी क्याम्पस प्रमुख हेम बहादुर थापा ,हसनापुर माविका प्रधानाध्यापक रमेश नाउ र रास्टिय बाणिज्य बैंक सूर्यपुरा शाखाका प्रबन्धक लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
क्याम्पस संचालक समितिका उपाध्यक्ष रामचन्द्र यादवको स्वागत मन्तव्य रहेकोे कार्यक्रमको संचालन मोर ध्वज सिंहले गर्नुभएको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित