Rashtriya Dainik

बस र मोटरसाइकल ठोकिँदा दुई जनाको मृत्यु

संजय कुशवाहा / नवलपरासी २१ असार 

पश्चिम नवलपरासीको पाल्हिनन्दनमा बस र मोटरसाइकल ठोकिँदा दुई जनाको मृत्यु भएको छ ।

पाल्हिनन्दन गाउँपालिका वडा नं. १ झरहीखोला स्थित महेशपुर भुजहवा भित्री सडकखण्डको (मोडमा) दिउँसो भुजहवाबाट महेशपुर तर्फ आउदै गरेको लु २ ख ६५४ नम्बरको  बसलाई सोहि दिशा तर्फबाट आउदै गरेको लु ४७ प ४८७९ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा उक्त मोटरसाइकललाई बसले ठक्कर दिदाँ मोटरसाइकलमा सवार  प्रतापपुर गाउँपालिका वडा नं. ४ पाचपेडा बस्ने वर्ष २०/२१ को भोला राजभर र रामग्राम नगरपालिका वडा नं. १५ डिगौल बस्ने वर्ष २०/२१ को राहुल राजभर घाईते भएका थिए । 

दुबै घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल परासी पठाईएकोमा डाक्टरले मृत घोषण गरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक वीर दत्त पन्तले बताउनुभयो ।
दुबै शव सोहि अस्पतालमा राखिएको  छ भने बस र बस चालक रामग्राम नगरपालिका वडा नं. ४ ईम्लीटोल बस्ने वर्ष  ३१ को सदाम अली अन्सारीलाई नियन्त्रण गरी जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ  ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित