आरपी उपध्याय / नवलपरासी २१ असार
चितवन भरतपुर महानगरपालिका वडा न.२३ मा समुदाय विपद स्वयंसेवक तालिम जगतपुरमा सम्पन्न भएको छ।
सशस्त्र प्रहरी बल नेपाल १७ न. हे.क्वा. भरतपुरको आयोजना र भरतपुर महानगरपालिका वडा न.२३ को समन्वय तथा सहयोगमा तालिम सम्पन्न भएको हो।
भरतपुर महानगरपालिका वडा न.२३ अन्तर्गतका १९ को सङ्ख्याका प्रशिक्षार्थीको सहभागिता रहेको र उनीहरुलाई दिक्षित प्रमाणपत्र प्रदान गरिएको १७ न. गणले जानकारी दिएको छ ।
असार १ गतेदेखि २० गतेसम्म चलेको तालिममा आगलागी नियन्त्रण, डुबानमा परेका पिडितहरुलाई उद्धार र डुबानको समयमा डोरीबाट आवतजावत गर्ने लगायत सीपबारे जानकारी गराइएको थियो।
तालिममा सशस्त्र प्रहरी नायब उपरीक्षक मनोज गुरुङ,असई भोगिन्द्र महतो लगायतले तालिमको सीपबारे प्रशिक्षण दिनुभएको जानकारीमा आएको छ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले तालिमलाई अझ निखार्दै लैजानुपर्ने कुरामाथी जोड दिदै तालिमको सीपलाई विपदको समयमा उद्धार र सहयोग गर्नु नै तालिमको उद्देश्य रहेको धारणा राख्नुभयो।
सो अवसरमा सशस्त्र प्रहरी बल नेपाल ३ न. गढीमाई बाहिनीका बाहिनीपती अञ्जनी कुमार पोख्रेलले विपद उद्धार तालिमलाई आगामी वर्षहरूमा थप प्रभावकारीताका साथ सञ्चालन गरिने जिकिर गर्नुभयो।
तालिमको समापन समारोहमा १७ न. गणका गणपति धिरेन्द्रराज न्यौपानेले अमुल्य समय प्रदान गरि समापन समारोहमा सहभागी हुनुहुने सम्पुर्णमा धन्यवाद ज्ञापन गर्दै तालिमको लक्ष्य र उद्देश्य पूरा गर्ने तर्फ तालिममा सहभागी रहने व्यक्तिहरुले काधमा जिम्मेवारी हृदयमा इमानदारी पुर्वक आफ्नो कार्यक्षेत्रमा जान आग्रह गर्नुभएको थियो।
तालिम समापन समारोहमा भरतपुर महानगरपालिका वडा न.२३ का वडा अध्यक्ष दिपक दवाडी र लक्ष्मी मा.वि. जगतपुरका प्र.अ. ईश्वरी सापकोटा लगायतले तालिमको महत्वमाथी प्रकाश पार्नु भयो।
शान्ति सुरक्षा प्रतिबद्धताको महानतम जिम्मेवारी बोकि राष्ट्र सेवामा समर्पित सशस्त्र प्रहरी बल नेपालका जनशक्तिले दैवी विपत्तिमा परेकालाई उद्धार र राहत लगायत जनमुखी कार्यहरु गर्दै आएको पनि कार्यक्रममा जानकारी गराइएको एक सहभागीले प्रतिक्रिया दिनुभएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

