Rashtriya Dainik

पश्चिम नवलपरासीमा २ सय २२ जना भूमिहीनलाई जग्गा धनीपुर्जा वितरण

सुरेश यादव / नवलपरासी ,२१ असार

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सरकारले भूमिहिन र अव्यवस्थित बसोबासीहरुको दीर्घकालीन समाधानका लागी मन्त्रालय र भूमि आयोगले निरन्तर काम गरिरहेको बताएका छन् ।

पश्चिम नवलपरासीमा भूमिहीनहरुलाई जग्गा धनी लालपूर्जा वितरण गर्दै मन्त्री अधिकारीले अबको ६ महिनाभित्र ७० प्रतिशत भूमिहीनले लालपुर्जा प्राप्त गरिसक्ने बताउनुभयो । उहाले सुनवल नगरपालिका वडा नम्बर-५ का १५५ र वर्दघाट नगरपालिका-५ का ६७ गरि कुल २ सय २२ जनालाई जग्गा धनी पुर्जा वितरण गर्नुभएको हो।

जसमा सुनवल नगरभित्रका २१२ भूमिहिन दलित, ४३७ भूमिहीन सुकुम्बासी र ५ हजार ५०८ अव्यवस्थित बसोबासी गरि कुल ६ हजार १ सय ५७ जना र बर्दघाट नगरभित्र भूमिहीन दलित ८ सय ४४, भूमिहीन सुकुम्वासी १ हजार ४ सय ८१, अव्यवस्थित बसोबासी ४ हजार ९ सय ४५ गरी कुल ७ हजार २ सय ७० जनाले लाल पुर्जा प्राप्त गर्नका लागी निवेदन दिएका थिए।

भूमि आयोगका केन्द्रिय अध्यक्ष हरिप्रसाद रिजालले अहिले नेपालभर अव्यवस्थित बसोबासी, भूमिहीन सुकुम्बासी र भूमिहीन दलित गरी १२ लाख १३ हजार भूमिहीनहरूको निवेदन परेको बताउदै सबैलाई आफू बसेको भूमिको स्वामित्व दिलाउन आयोग तत्पर रहेको बताउनु भएको छ । यस्तै जिल्ला भूमि आयोग नवलपरासीका अध्यक्ष लालबहादुर गुरुङले भूमिहीनहरू बसोबास गर्दै आएका कतिपय जमिनहरू बाटो, कुलोनाला, खरबारी, घोलजस्ता क्षेत्रहरू भनेर उल्लेख भएकाले काम गर्न समस्या भएको बताएका छन् । उहाले त्यस्तो ठाउमा बसोबास गर्दै आएका भुमिहीनहरुलाई कसरी लालपुर्जा वितरण गर्नेतर्फ मन्त्रीअधिकारी ध्यानाकर्षण गराउनुभएको छ ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य सरिता भूषाल, पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कण्डेल, लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण कलवार, संविद्यान सभा सदस्य विक्रम खनाल,प्रदेश सभा सदस्य विश्वप्रेम पाठक,नेकपा एमालेका जिल्ला अध्यक्ष दिपेन्द्र कुमार अधिकारी, जिल्ला समन्वय समिती प्रमुख भगौती प्रसाद यादव, सुनवल नगरपालिकाका प्रमुख विमला अर्याल र बर्दघाट नगरपालिकाका सम्भुलाल श्रेष्ठगाएतले मन्त्व्य राख्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित