Rashtriya Dainik

विनयी त्रिवेणी ६ स्थित कोटीहोम घाटमा बौद्ध पार्क बन्ने

आरपि उपाध्याय / नवलपरासी ,२१ असमर

पुर्वी नवलपरासी विनयी त्रिवेणी ६ स्थित कोटीहोम घाटमा बसेको एक सर्वदलीय भेलाले बौद्ध पार्क बनाउने निर्णय गरेको छ।
ज्योति गुम्बा बौद्ध विहार समिति विनयी त्रिवेणी ७ का अध्यक्ष सिंह बहादुर थापाको अध्यक्षतामा बसेको भेलाले आवश्यक प्रक्रिया पुर्याइ बौद्ध पार्क बनाउने निर्णय गरेको हो।
विनयी त्रिवेणी ६ का वडा अध्यक्ष नुरेन्द्र शाह प्रमुख अतिथि रहनुभएको भेलाले सो निर्णय गरेको थियो।
भेलाले ऎतिहासिक,धार्मिक,पर्यटकीय र पर्यावरणीय महत्व बोकेको त्रिवेणी धामबाट नै भगवान गौतम बुद्धले प्रथम प्रवज्या भइ भारत प्रवेश गर्नुभएको प्रवेश विन्दु रहेको र बुद्ध दर्शन अनुसार अनोमा नदी दृश्यलाई हृदयगमं गरि ऎतिहासिक तथ्यलाई मनन गर्दै उक्त धरोहरलाई संरक्षण गर्ने उद्देश्यले बौद्ध पार्क निर्माण गर्ने निर्णय गरेको हो।
साथै बौद्ध पार्क निर्माण गर्न चितवन राष्ट्रिय निकुञ्ज संग समन्वय गरि आवश्यक प्रक्रिया पूरा गर्ने पनि भेलाले निर्णय गरेको थियो।


भेलामा त्रिवेणी गजेन्द्र मोक्ष क्षेत्र विकास समितिका कार्यकारी निर्देशक झपेन्द्रेश्वर भुषाल,वडा न.६ र ७ का जनप्रतिनिधि, नेपाली काङ्ग्रेस विनयी त्रिवेणी ६ र ७ का वडा सभापतिहरु,चितवन राष्ट्रिय निकुञ्ज त्रिवेणी रेन्ज पोष्टका रेन्जर नरेश राय,सुस्ता ५ का दयानन्द भन्ते लगायतको पनि भेलामा उपस्थिति रहेको आयोजकले जानकारी दिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित