बिनोद निगम/कृष्णनगर, २० असार
भारत–नेपाल सीमा क्षेत्रमा रहेको कृष्णनगर हेल्थ डेस्कमा गरिएको एन्टिजेन परीक्षणमा एक जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ।
हेल्थ डेस्कका अनुसार,भारतबाट नेपाल प्रवेश गर्ने नागरिकहरूको नियमित स्वास्थ्य परीक्षण भइरहेकै क्रममा शुक्रबार ४०० भन्दा बढी यात्रुमध्ये आज एक जनामा कोरोना संक्रमण देखिएको हो। प्रयोगशाला प्राविधिक सुस्मिता चौबेका अनुसार संक्रमितमा कोरोनाको नयाँ भेरिएन्ट को आशंका समेत गरिएको छ।
लक्षण देखिएपछि परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको हो,” चौबेले जानकारी दिइन्।
स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले भारतबाट नेपाल प्रवेश गर्ने सबै यात्रुहरूलाई अनिवार्य स्क्रिनिङ मा सहभागी हुन र कुनै पनि लक्षण देखिएमा परीक्षण गराउन आह्वान गर्नुभएको छ।
त्यस्तै, कृष्णनगर हेल्थ डेस्कका प्रमुख सन्दीप बी.के ले संक्रमण नियन्त्रणका लागि नागरिकहरूलाई मास्कको प्रयोग, भीडभाडबाट टाढा रहनु र नियमित हात धुने बानी बसाल्न आग्रह गरेका छन्। “WHO द्वारा तोकिएका कोभिड–१९ सम्बन्धी मापदण्डहरू पूर्ण पालना गर्नु आवश्यक छ,” उनले भने।

स्वास्थ्यकर्मीहरूका अनुसार, सीमा क्षेत्र संक्रमण फैलन सक्ने संवेदनशील स्थान भएकाले सबै पक्षलाई अझ बढी सतर्कता र जिम्मेवारीपूर्वक व्यवहार गर्नुपर्ने देखिन्छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

