Rashtriya Dainik

सोनारी गाउँपालिकाले आफ्नो तेस्रो चौमासिक सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न

बाँके \राप्ती

सोनारी गाउँपालिकाले आफ्नो तेस्रो चौमासिक सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाको सभा हलमा सम्पन्न तेस्रो चौमासिक सार्वजनिक सुनवाइ कार्यक्रममा ५ बुँदे प्रतिबद्धता समेत गरिएको छ ।

उत्पीडित सामुदायिक विकास केन्द्रको सहजीकरणमा राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेल ,उपाध्यक्ष मनिषा सिह थारु ,गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडीले सयुक्त रुपमा उक्त५ बुँदे प्रतिबद्धता जाहेर गरेका हुन ।

उक्त तेस्रो सार्वजनिक सुनवाई कार्यक्रममा १ सय ७० जनाको सहभागिता रहेको थियो ।कार्यक्रममा जवाफदेही वक्ताका रुपमा वडा अध्यक्ष , कार्यपालिका सदस्य गाउँपालिकाका विभिन्न शाखाका शाखा प्रमुख लगाएतको सहभागिता रहेको थियो ।

जारी ५ बुँदे प्रतिबद्धता

१.यस राप्ती सोनारी गाउँपालिकाको “सार्वजनिक जवाफदेहिता प्रवर्द्वन सम्बन्धी कार्यविधि, २०८० र सुशासन एवं जवाफदेहिता प्रवर्द्धन सम्बन्धी प्रचलित ऐन नियय वमोजिमका कार्यहरु पूर्ण रुपमा कार्यान्वयन गरी पालिकामा सुशासन, जवाफदेहीता र पारदर्शिता कायम गरिने छ ।

२.डा नं.१ लगायत विकट र ठुलो भौगोलिक क्षेत्र रहेका वडामा खानेपानी, सिंचाई तथा तटबन्धन, पूर्वाधार लगायतका अन्य क्षेत्रको समुचित रुपमा क्षेत्रगत विकास गर्दै संघीय र प्रदेश सरकारबाट निर्माणाधिन खानेपानी योजनाहरुको निर्माण कार्य सम्पन्न गर्न र संचालनमा रहेका योजनाहरुमा नियमित रुपमा स्वच्छ खानेपानी वितरण तथा मर्मत संम्भारको लागि आवश्यक कार्य गरिने छ ।

३. किसान सूचीकरण मार्फत पालिकाका सबै किसानहरुको तथ्याङ्क संकलन गरी सोही तथ्याङ्कको आधारमा किसानलाई अनुदान, सिंचाई, पशुपन्छी विकास तथा उपचार सेवा एवं कृषक प्रोत्साहनका कार्यहरू गरिने छ । कृषि उपज तथा पशुपन्छीको बजारीकरणका लागि आवश्यक स्थानमा संकलन केन्द्रहरुको निर्माण गर्दै लगिने छ ।

४. महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक र अल्पसंख्यक (बादी) लगायत लक्षित वर्गको प्रत्यक्ष सहभागिता र सुझाव बमोजिम यी वर्गको उत्थान, क्षमता विकास, आयआर्जन र रोजगारीको अवसर सिर्जना हुने खालका कार्यक्रमहरु प्राथमिकताका साथ संचालन गरिने छ । ४.गाउँपालिका, वडा कार्यालय, सेवा केन्द्र र विषयगत शाखामा आवश्यक जनशक्तिको व्यवस्थापन सहित प्रभावकारी सेवा प्रवाह गरिने छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित