आरपि उपाध्याय / नवलपरासी ,१९ असार
पश्चिम नवलपरासीको बर्दघाटमा “सामुदायिक विपद स्वयंसेवक तालिम” सम्पन्न भएको छ।
सशस्त्र प्रहरी बल नेपाल सिमा सुरक्षा तालिम शिक्षालय बर्दघाटको आयोजनामा सामुदायिक विपद स्वयंसेवक तालिम सम्पन्न भएको हो।
२०८२ असार १ गतेबाट बर्दघाट नगरपालिकाको समन्वय तथा सहकार्यमा सञ्चालन भएको तालिम १९ दिनसम्म सञ्चालन भएको थियो।

विपद व्यवस्थापनमा सामुदायिक स्वयंसेवक तालिम, विपद व्यवस्थापन तालिम तथा क्षमता अभिवृद्धिको लागि गरिएको स्वयच्छिक तालिम रहेको र उक्त तालिम सशस्त्र प्रहरी बल नेपालका विभिन्न युनिटमा विपद व्यवस्थापनको क्षेत्रमा काम गरेका दक्ष जनशक्तिबाट सञ्चालन गरिएको बताइएको छ।
तालिममा विपद व्यवस्थापन सम्बन्धि विभिन्न जानकारीहरु शैक्षिक, लेक्चर पद्धति र व्यवहारिक अभ्यासबाट गराइएको थियो।

तालिममा बर्दघाट नगरपालिकाको सबै वडाबाट प्रतिनिधित्व हुने गरि कुल २३ जना स्वयंसेवकहरुलाई सहभागी गराइएको तालिम शिक्षालय बर्दघाटले जनाएको छ।
शान्ति,सुरक्षा प्रतिबद्धताको महानतम जिम्मेवारी बोकेको सशस्त्र प्रहरी बल नेपालद्वारा गरिएको अल्पकालीन तालिमले विपदको समयमा ठूलो सहयोग हुने अपेक्षा गरिएको छ।
तालिम समापन समारोहका प्रमुख अतिथि समेत रहनु भएका बर्दघाट नगरपालिका प्रमुख शम्भुलाल श्रेष्ठले विपदको समयमा तालिममा लिइएको सीपलाई प्रयोग गरेर ठूलो जोखिमबाट बच्न सकिने धारणा राख्नुभएको थियो।

सो अवसरमा सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्याय,सहायक जिल्ला प्रमुख अधिकारी पोषणराज भण्डारी सहित जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको जानकारीमा आएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

