Rashtriya Dainik

प्रतापपुर गाउँपालिकाबाट कृषकलाई ५०% अनुदानमा च्याप्कटर मेसिन वितरण

उमेश बि.क / नवलपरासी ,१८ असार

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले कृषकलाई आत्मनिर्भर बनाउने उद्देश्यले ५० प्रतिशत अनुदानमा विद्युतीय च्याप्कटर (चारा काट्ने मेसिन) वितरण गरेको छ।

गाउँपालिकाले कृषि यान्त्रिकीकरणको प्रवर्द्धन गर्दै प्रतापपुरका विभिन्न वडाका २६ जना कृषकलाई अनुदानमा च्याप्कटर वितरण गरेको हो। गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले एक कार्यक्रमका बीच मेसिन हस्तान्तरण गर्नुभयो।

“कृषिमा प्रविधिको प्रयोग नगरी आत्मनिर्भरता सम्भव छैन,” अध्यक्ष यादवले कार्यक्रमका क्रममा भन्नुभयो, “यस मेसिनले किसानको श्रम र समय बचत गर्नुका साथै पशुपालनमा हरियो चारा व्यवस्थापन गर्न सहज बनाउनेछ।”

कार्यक्रममा सहभागी कृषकहरुले च्याप्कटर मेसिन पाएपछि पशुपालन व्यवसायमा थप सहजता आउने विश्वास व्यक्त गरेका छन्। च्याप्कटरको प्रयोगले चारा काट्ने काममा लाग्ने समय घट्ने, उत्पादन लागत कम हुने र पशुपालनमा प्रभावकारिता बढ्ने उनीहरुको भनाइ छ।

गाउँपालिकाले आगामी दिनमा पनि किसानलाई कृषि यन्त्र तथा उपकरण उपलब्ध गराउने योजना अघि सारेको छ। यस्ता कार्यक्रमले कृषिमा आधुनिकीकरण ल्याउन र स्थानीय स्तरमै रोजगारी सिर्जना गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित