Rashtriya Dainik

द पायनियर माविले एसईई परीक्षा २०८१ मा सफलता प्राप्त गर्ने विद्यार्थी र अभिभावकलाई बधाई,शुभकामना

अमृता सुनार/नवलपरासी ,१९ असार

द पायनियर माविले एसईई परीक्षा २०८१ मा सफलता प्राप्त गर्ने विद्यार्थी र अभिभावकलाई बधाई,शुभकामना र सम्मान गरेको छ ।

विद्यालयका प्रिन्सिपल कृष्ण प्रसाद शर्माको अध्यक्षता एवम विद्यालय संचालक समितिका अध्यक्ष यज्ञ प्रसाद पाण्डेको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विद्यालय संचालक समिति सदस्य बल बहादुर थापा, सल्लाहकार पुर्ण बहादुर गुरुङ्ग,मिठु केसी लगाएतको आतिथ्यता रहेको थियो ।

सो अवसरमा विद्यालयका प्रिन्सिपल कृष्ण प्रसाद शर्माले विद्यार्थी,शिक्षक अभिभावक र विद्यालय प्रशासनको संयोजन बाट नै यो सफलता प्राप्त भएको बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि पाण्डेले एसईई २०८१ मा सुनवल नगरपालिकामा ३.९६ जिपिए ल्याइ प्रथम हुने विपिन गैरे लगाएत सफल सबै विद्यार्थीहरुलाई र अभिभावकलाई टिका, व्याच र खादाले सम्मान गर्दै विद्यार्थीहरुको आगामी दिनहरु अझ राम्रो होस भनि शुभकामना दिनुभएको थियो ।

सहप्रधानाध्यापक यादव प्रसाद भट्टराईको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन शिक्षक संगम पाण्डेले गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित