अमृता सुनार/नवलपरासी ,१९ असार
पश्चिम नवलपरासीको मातृभुमि बहुउद्धेश्य सहकारी संस्था सुनवल ३ ले दुग्ध किसानहरुलाई दुधको प्रतिफलमा आधारित प्रोत्साहन अनुदान वितरण कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष नारायण प्रसाद अर्यालको अध्यक्षता एवम सुनवल वडा नं ३ का वडाध्यक्ष पविन गुरुङ्गको प्रमुख आतिथ्यतामा ६९ जना कृषकहरुलाई प्रोत्साहन अनुदान वितरण गरिएको हो ।
संस्थाका दुग्ध उत्पादक सेयर सदस्य एवम कृषक सदस्यहरुले उत्पादन प्रवर्दन दुधमा आधारित कृषक अनुदान रकम जिल्ला भेटेनरी तथा पशु सेवा कार्यालय नवलपरासी बाट प्राप्त १ लाख ३१ हजार रुपैया ६९ कृषकलाई जनही १ रुपैया ४६ पैसा प्रतिलिटरका दरले अनुदान रकम कृषकको बैङ खाता मार्फत प्रदान गरेको हो।

उक्त अनुदान वितरणमा सबै भन्दा बढि ९ हजार १ सय ६८ लिटर दुध जम्मा गर्ने कृषकले १३ हजार ४ सय र सबै भन्दा कम ५ लिटर जम्मा गर्ने कृषकले ५ रुपैया अनुदान प्राप्त गरेको संस्थाका व्यवस्थापक एवम कार्यक्रम संचालक प्रभु प्रसाद कुम्हालले बताउनुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुरुङ्गले संस्थाले कृषकहरु प्रति गरेको यो प्रोत्साहनले कृषकहरु अझै उत्साहित भई दुध उत्पादनमा प्रोत्साहन मिल्ने बताउदै सुनवल नगरपालिकाले पनि हरेक आर्थिक वर्षको बजेटमा कृषिलाई प्राथमिकतामा राखि बजेट विनियोजन गरेको र विभिन्न समयमा पशु चौपायहरुमा देखिने रोगका विरुद्ध टोलटोलमा गई भाक्सिन प्रदान गरेको बताउनुभयो ।
संस्थाका उपाध्यक्ष निर्मल चापागाईको स्वागत मन्तव्य रहेको कार्यक्रममा संस्थाका अध्यक्ष नारायण प्रसाद अर्यालले कार्यक्रमको बारेमा प्रष्ट पार्दै २०८०/०८१ मा संस्थालाई दुध विक्रि वितरण गरे वापत कृषक अनुदान प्राप्त गरेको बताउदै संस्थाले कृषकहरुलाई गाई, भैसी खरिद वापत पनि सहयोग पुर्याउदै आएको बताउदै त्यसको भरपुर फाईदा लिई संस्थामा दुध विक्रि वितरण गरि आगामी आर्थिक वर्षमा अझ धेरै कृषकले फाइदा र अनुदान लिन आग्रह गर्नुभयो ।

कार्यक्रममा सुनवल नगरपालिका पशु शाखाका कर्मचारी जय नेपाल बानिया, संस्थाका सल्लाहकार कृष्ण प्रसाद लामिछाने लगाएतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

