कृष्णनगर/ कपिलवस्तु, अषाढ १८
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ मड्हा स्थित कृष्णनगर बाट सरफर जादै गरेको मोटरसाइकिल र विपरीत दिशा बाट आउदै गरेका साइकलक यात्री बिच एक आपसमा अषाढ ९ गते दुर्घटना मा परि गम्भीर घाइते भएका साइकल यात्री लक्ष्मी प्रसाद गुप्ताको उपचारको क्रममा निधन भएको छ।
अषाढ ९ गते २१;५० बजे जिल्ला कपिलवस्तु कृष्णनगर न.पा.१ मडहा स्थित कृष्णनगर गणेशपुर भित्री सडक खण्डमा कृष्णनगर देखि सरफर जादै गरेको लु १० प ९५५३ नं.को मोटरसाइकलले विपरीत दिशा बाट आउदै गरेको साईकल यात्रीलाई ठक्कर दिदा साईकल यात्री कृष्णनगर नगरपालिका वडा नं १ मडहा बस्ने बर्ष ६५ का लक्ष्मी प्रसाद गुप्ताको टाउको,दाया कान पछाडी चोट लागेको थियो।
मो.सा.चालक कृष्णनगर नगरपालिका वडा नं ११ सरफर बस्ने बर्ष ४३ को भुपाल चौधरीको दुबै हातमा,टाउकोमा चोट अवस्था मध्यम रहेकाेमा दुबै घाईतेलाई उपचारको लागी शिवराज अस्पताल बहादुरगंज कपिलवस्तु पठाएको थियाे। मो.सा.,साईकल इ.प्र.का.कृष्णनगर कपिलवस्तुको नियन्त्रणमा रहेको जानकारी इलाका प्रहरी कार्यालय कृष्णनगरले दिएको छ।
मोटरसाइकल चालकको बुटवल उपचार भइरहेको र साइकल यात्री गुप्ताको उपचारको क्रममा निधन भएको तथा शव शिवराज अस्पताल बहादुरगंजमा पोस्टमार्टम भइ निजको श्रीमती लाई जिम्मा लगाइएको जानकारी प्रहरी निरिक्षक ईश्वर लौडारीले दिएका छन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

