राष्ट्रिय दैनिक / नवलपरासी ,१९ असार
पश्चिम नवलपरासीकाे पाल्हीनन्दन गाउँपालिका वडा नम्बर ४ स्थित पाल्हीमा निर्माण सम्पन्न भएको पाल्ही आयुर्वेद औषधालयको नव निर्मित भवन एक विशेष समारोहबीच उद्घाटन गरिएको छ।
गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता (दिपक) र उपाध्यक्ष फातुमा खातुन अन्सारीले संयुक्त रूपमा औषधालय भवनको उद्घाटन गर्नुभयो।

समारोहमा वडा नम्बर १ देखि ६ सम्मका वडा अध्यक्षहरूको उपस्थिति रहेको थियो भने स्थानीय जनसमुदायको उल्लेखनीय सहभागिता पनि देखिएको थियो।
औषधालय भवन निर्माणका लागि जग्गा दान गर्ने गोबर्धन मिश्रा र आर्थिक सहयोग गर्ने सम्पूर्ण चन्दादाताहरूलाई सम्मान गरिँदै कार्यक्रममा विशेष सम्मान गरिएको थियो।

गाउँपालिकाका अध्यक्ष गुप्ताले कार्यक्रममा बोल्दै आयुर्वेद औषधालयले अब ग्रामीण क्षेत्रका जनतालाई सहज र सुलभ स्वास्थ्य सेवा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो।
उपाध्यक्ष अन्सारीले पनि स्थानीय स्रोत र साधनको उचित प्रयोग गर्दै अझ प्रभावकारी सेवा विस्तार गर्ने प्रतिबद्धता जनाउनुभयो।

कार्यक्रममा स्थानीय अगुवा, स्वास्थ्यकर्मी, नागरिक समाजका प्रतिनिधि तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

