राजन कुमार बानिया
पर्सा १८ असार
पर्साको छिपहरमाई गाउँपालिका वडा नं-३ बुढगाई प्रहरी चौकी नयाँ भवन बनाउनको लागी अाज गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताले शिलान्यास गर्नु भएको छ।
छिपहरमाई गाउँपालिका वडा नं-३ बुढगाई प्रहरी चौकिको अवस्था जिर्ण रहेकोले नयाँ भवनको लागि Sunglasses अध्यक्ष मनोज कुमार गुप्ताले गाउँपालिकाको बजेट बाट राखेर बुधबार एक समारोहका बिच बिधवत रुपमा पुजावपाठ गरि शिलान्यास गर्नु भएको थियो।
प्रहरी चौकी बुढगाईको नयाँ भवन बनाउनको लागि गाउँपालिकाको सहयोगमा १७ लाखको लागतमा निर्माण भईरहेको अध्यक्ष गुप्ताले जनाएका छन। शिलान्यास कार्यक्रममा वडा नं-३ का वडा अध्यक्ष दिपेन्द्र सिंह, रास्ट्रिय युवा संघ नेपाल पर्सा अध्यक्ष सुबास साह कानु, प्रहरी चौकी बुढगाईका प्रसनी धर्मराज अधिकारी,वडासदस्य सेख सगिर,पुर्व वडासदस्य रजाहुसेन देवान,रामबहादुर साह, लगायत स्थानिय हरुको सहभागिता रहेको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

