Rashtriya Dainik

प्रतापपुर गाउँपालिकाबाट १०८ कृषकलाई कृषि उपकरण वितरण ,कृषिमा आत्मनिर्भरता र आर्थिक समृद्धिका लागि पालिकाको पहल

उमेश बि.क / नवलपरासी , १८ असार

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले कृषिमा आत्मनिर्भर बनाउने दीर्घकालीन लक्ष्यसहित १०८ जना कृषकलाई विद्युतीय मोटर र पम्पसेट वितरण गरेको छ। कृषकहरूलाई ५० प्रतिशत लागत साझेदारीमा कृषि उपकरण वितरण गरिएको हो।

कृषकहरूको आवश्यकतालाई मध्यनजर गर्दै पालिकाले आवेदन माग गरी छनोट प्रक्रिया सम्पन्न गरेपछि ७० जना कृषकलाई विद्युतीय पानी मोटर र ३८ जनालाई पम्पसेट सेट वितरण गरिएको हो।

उक्त कार्यक्रम प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादव र उपाध्यक्ष मानकुमारी चौधरीको उपस्थितिमा सम्पन्न भएको थियो। कार्यक्रममार्फत कृषकहरूको उत्पादन क्षमता अभिवृद्धि गर्ने र कृषिलाई आधुनिक प्रविधिसँग जोड्ने उद्देश्य राखिएको छ।

अध्यक्ष यादवले कार्यक्रममा बोल्दै भने, “हाम्रो पालिकालाई कृषिमा आत्मनिर्भर बनाउनु र किसानको जीवनस्तर माथि उठाउनु मुख्य लक्ष्य हो। यस्ता कार्यक्रमहरूले किसानहरूलाई आत्मबल बढाउनुका साथै आर्थिक रूपमा सशक्त बनाउने विश्वास लिएको छु।”

यस्तै, उपाध्यक्ष चौधरीले किसानहरूलाई प्रविधिमैत्री बनाउँदै उत्पादनलाई बजारसम्म पुर्‍याउन पालिकाले थप पहल गर्ने बताइन्।

पालिकाले उत्पादन भएको कृषि वस्तुको बजारीकरण, कृषि विकासमा नमुना पालिका बनाउने अभियानसहित किसानलाई प्राविधिक तथा यान्त्रिक सहयोग प्रदान गर्दै आएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित