Rashtriya Dainik

महेशपुर भन्सारद्वारा ४० लाखको चिनी र बीउ नष्ट

अनिल बनिया / नवलपरासी , असार १८

पश्चिम नवलपरासीको महेशपुर भन्सार कार्यालयले चार वर्षदेखि गोदाममा थन्किएको ४० लाख १२ हजार रुपैयाँ बराबरको चिनी र ५ लाख ८८ हजार बराबरको धानको बीउ आज मंगलबार नष्ट गरेको छ।

२०७८/७९ मा भारतबाट भन्सार छल्दै ल्याइएको ६२,७०० किलो चिनी नेपाल प्रहरी र सशस्त्र प्रहरीले बरामद गरेको थियो। तर बजेट अभावका कारण त्यसबेला नष्ट गर्न नसकिएको भन्सार प्रमुख विकास उपाध्यायले जानकारी दिए।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भैरहवाको परीक्षणमा चिनी अखाद्य देखिएपछि, झरही नदी किनारमा खाल्टो खनेर फालिएको हो। लिलामी प्रक्रिया पनि अगाडि बढाइएको थिएन।

भन्सारले आजै अवैध रूपमा भारतबाट ल्याइएको ७० बोरा धानको बीउ समेत नष्ट गरेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित