पश्चिम नवलपरासीको रामग्राम ४ मा रहेको पाल्ही बहुमुखी क्याम्पसमा नवनिवार्चीत पदाधिकारीहरुलाई सपथ ग्रहण गराईएको छ ।

बुधबार एक कार्यक्रमका बिच उनीहरुलाई सपथ ग्रहण तथा निवार्चित प्रमाण पत्र वितरण गरीएको हो । सहायक क्याम्पस प्रमुख एवं निर्वाचन समितिका संयोजक दिपक अर्यालको अध्यक्षता तथा पुर्व गृह राज्यमन्त्री देवेन्द्रराज कण्डेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कण्डेलले क्याम्पसको बृहत्तर हितको लागी कटिवद्ध भएर काम गर्न नवनिर्वाचित पदाधिकारीलाई आग्रह गर्नुभयो ।

यस्तै संयोजक अर्यालले निवार्चित पदाधिकारीहरुलाई सपथ ग्रहण गराउनुभएको हो । गत माघ २७ गते भएको निवार्चनमा क्याम्पसको अध्यक्षमा निवार्चित राधेश्याम पाठक, सदस्यहरुमा संझना चौधरी, श्रीधर बस्याल, सुवास चन्द्र अग्रवाललाई सपथ गराईएको छ । भने लेखा समितिका संयोजक अनिल कुमार गौडलाई पनि सपथ तथा निर्वाचित प्रमाण पत्र प्रदान गरीएको छ । २३ सदस्यीय सञ्चालक समितिमा निवार्चित बाहेकका सदस्यहरु मनोनित हुन बाँकी छ ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

