अमृता सुनार/नवलपरासी ,१७ असार
पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं १ मा अवस्थित लुम्बिनी माध्यमिक विद्यालयले २०८१ सालको एसईईमा उत्तिर्ण ४९ जना विद्यार्थीहरूलाई बधाई तथा उज्जवल भविष्यको शुभकामना दिएको छ ।
लुम्बिनी माध्यमिक विद्यालय संचालक समितिका अध्यक्ष गङ्गा बहादुर गुरुङको अध्यक्षता तथा सुनवल वडा नम्बर १ का वडा अध्यक्ष मन बहादुर थापा मगरको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा वडा अध्यक्ष थापाले विगत वर्षको ३९ प्रतिशत नतिजा बाट यस वर्ष ७४ प्रतिशतमा पुर्याउनु गर्वको विषय भएको बताउँदै विद्यार्थी, शिक्षक तथा अभिभावक सबैलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो।

कार्यक्रममा वडा सदस्य कृष्ण बहादुर क्षेत्री,सदस्य प्रसुराम कवर योगि, विद्यालय संचालक समितिका सदस्य मुक्ति बहादुर भण्डारी, सदस्य मिना ढकाल, रुक बहादुर बलाल, सह प्रधानाध्यापक दुर्गा प्रसाद न्यौपाने लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

एसईई परीक्षामा उत्तिर्ण विद्यार्थी र अभिभावक लाई टिका र खादा लगाई सम्मान गरिएको थियो भने उत्तिर्ण विद्यार्थीलार्ई टिसट र उत्कृष्ट नतिजा प्राप्त गरेका ५ जना विद्यार्थीहरूलाई नगद पुरस्कार प्रदान गरिएको थियो ।विद्यालयका प्रधानाध्यापक हुमानाथ सुवेदीको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन शिक्षक सोमनाथ खनालले गर्नुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

