Rashtriya Dainik

प्रविधि मैत्री शिक्षामा बर्दघाटको १ करोड ६४ लाख बजेट

नवलपरासी,१७ असार

पश्चिम् नवलपरासीको बर्दघाट नगरपालिकाले आर्थिक बर्ष ८१/८२ लाई शैक्षिक सुधार बर्षको रुपमा अघि बढाएको थियो ।मुलतः सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि सुधार बर्षको रुपमा लिईएको नगरपालिकाले जनाएको छ ।सोही अनुरुप अहिले एसईईको नतिजाको सुधारोन्मुख प्रतिफलले पनि यसलाई पुष्टि गरेको नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भयो ।

शिक्षामा प्रविधिको प्रयोग गरी नीजि विद्यालय र सरकारी विद्यालयबीचको शैक्षिक गुणस्तरको खाडल कम गर्न पनि यो महत्वपूर्ण रहने नगरप्रमुख श्रेष्ठको भनाई छ ।डिजिटल प्रविधिमा आधारित पठनपाठनलाई प्रोत्साहन गर्न नगरपालिकाले संघिय सरकारको विशेष अनुदान तर्फको बजेट बाट आगामी आर्थिक बर्ष ८२/८३ का लागि १ करोड ६४ लाख रुपैयाँ बिनियोजन गरेको छ ।

बिनियोजित उक्त बजेटबाट माबी र आधारभूत तहका सबै बिद्यालयमा स्मार्ट बोर्ड जडान,पहिलो चरणमा १ सय ३० जना शिक्षकलाई लागत साझेदारीमा ल्यापटप बितरण गरिने नगरप्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भयो ।
“हामी निर्वाचित भएदेखि नै शिक्षालाई विशेष प्राथमिकतामा राख्दै आएका छौं,युग अनुसारको शिक्षण सिकाई हुनु पर्छ र यसले गुणस्तरमा समेत परिवर्तन ल्याउछ भन्ने हेतुले प्रविधि मैत्री शिक्षालाई जोड दिएका हौं”श्रेष्ठले भन्नू भयो ।प्रविधी युक्त बिद्यालय निर्माणका लागि सबै शिक्षकहरुलाई प्राविधिक तालिम समेत दिइने छ ।

उपप्रमुख रुद्र प्रकाश उपाध्यायले भौतिक पुर्वाधारको बिकासले मात्रै समृद्ध नगर परिकल्पना हुन सक्दैन मानवीय बिकास सगै शिक्षाको गुणस्तरलाई अब्बल बनाउन सकिएमात्र अन्य बिकास निर्माणहरुको सार्थकता रहने उल्लेख गर्नुभयो।

बिद्यालयको पुर्वाधार बिकास,प्रभावकारी शिक्षण सिकाई लगायत गुणस्तर सुधारका निम्ति नगरपालिकाले सामाजिक बिकास समितीलाई सक्रिय बनाएको थियो ।सोही अनुरुप समितिले नगरभित्रका ३७ वटै बिद्यालयको अवस्थाको बारेमा अद्य्ययन गरी प्रभावकारी योजनाहरु तयार गरीएको निबर्तमान सामाजिक बिकास समिती संयोजक भिमकाजी गुरुङले बताउनुभयो ।”हामीले बिगतका नतिजाहरु हेरेर नै खरो रुपमा उत्रियौ,अब पुरानै प्रवित्ती बाट शैक्षिक क्षेत्रमा सुधार हुदैन भन्ने लागेर नै कतिपय अवस्थामा हामी निर्मम भएर नै अघि बढ्यौ फलत हाम्रो मेहनत सकारात्मक देखिँदै आएको छ”गुरुङले भन्नुभयो ।

राष्ट्रिय माबीका प्रधानाध्यापक शेषकान्त पौड्यालले प्रवीधि मैत्री शिक्षा विद्यालयमा निकै प्रभावकारी बनेको बताउनुभयो ।”सिकेर गर्ने र गरेर सिक्ने कुरा भएकाले पनि प्रवीधि अपरिहार्य नै हो”पौडेलको भनाई छ ।

शैक्षिक पद्धतिलाई प्रविधिमैत्री बनाई समयसापेक्ष ज्ञान तथा सिपहरु दिएको खण्डमा मात्र सिकाइ अर्थपूर्ण तथा दीर्घकालीन हुन्छ । तव मात्र सवल अनि समृद्ध नगरको कल्पना गर्न सकिनेमा सबै जनप्रतिनिधिहरु एक्यवद्ध भएर लागि परेको नगरपालिकाले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित