Rashtriya Dainik

सोमनाथ बाबा माबि द्वारा एसईई परीक्षामा उत्तिर्ण विद्यार्थीहरूलाई बधाई तथा सम्मान

अमृता सुनार/नवलपरासी ,१७ असार

सोमनाथ बाबा माध्यमिक विद्यालयद्वारा एसईई परीक्षा २०८१ मा उत्तिर्ण विद्यार्थीहरूलाई बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यालयका प्रधानाध्यापक बिष्णु प्रसाद पन्थको अध्यक्षता एवम संचालक समितिका अध्यक्ष बोधराज घिमिरेको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा खगराज उपाध्यायको स्वागत मन्तव्य साथै विद्यार्थीहरूको तर्फबाट विद्यालय प्रथम रस्मि वली, अभिभावकका तर्फबाट दुर्गा भट्टराई काफ्ले लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रम संचालक माबि तहका संयोजक दुर्गा प्रसाद न्यौपाने जानकारी दिनुभयो ।

एसईई उत्तिर्ण विद्यार्थीहरु र अभिभावकहरूलाई संचालक समिति सदस्य थीरलाल शर्मा र संगिता लामिछाने,सदस्य सचिव सुवर्ण राज उपाध्याय,११/१२ संयोजक बिकास आर्चाय,शिक्षक खगराज उपाध्याय लगाएतले टिका र खादा लगाई सम्मान गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित