Rashtriya Dainik

सुनवल वडा नं १ मा रहेका अपाङ्गता भएका व्यक्तिहरुलाई आवश्यक सहायक सामाग्री तथा झुल वितरण

अमृता सुनार/नवलपरासी ,१७ असार

पश्चिम नवलपरासीका सुनवल नगरपालिका वडा नं १ कार्यलयको आर्थिक सहयोग तथा वडा स्तरिय अपाङ्गता समन्वय समिति वडा नं १ को आयोजनामा सुनवल नगरपालिका वडा नं १ भित्र रहेका अपाङ्गता भएका व्यक्तिहरुलाई आवश्यक सहायक सामाग्री तथा झुल वितरण गरिएको छ।


सुनवल नगरपालिका १ नं वडा का अपाङ्गता समन्वय समितिका अध्यक्ष मिलन किसोर घिमिरेको अध्यक्षता एवम वडा नं १ का वडाध्यक्ष मन बहादुर थापाकोे प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रमम अपाङ्गता भएका व्यक्तिहरुलाई कम्मर बेल्ट १० थान,वाकर ३, झुल २७, डाइपर १५, सेनेटरी प्याड १२०, म्याट ५, एअर मेट्रस २, कम्बोड चिअर १ र वैशाखी सेट वितरण गरिएको छ ।

समितिका उपाध्यक्ष राजमान श्रेष्ठको स्वागत रहेको कार्यक्रममा बोल्दै प्रमुख अतिथि थापाले सुनवल नगरपालिकाको आर्थिक वर्ष २०८१/८२ को कार्यक्रम अर्न्तगत वडा नं १ मा अपाङ्गता भएका व्यक्तिहरु लाई सानो भए पनि केही सहयोग होस भन्ने उद्धेश्यले विनियोजित बजेट बाट सामाग्रीहरु किनि वितरण गरिएको र साथै आगमी वर्षको बजेटमा पनि यसलाई निरन्तरता दिने बताउनुभयो।

नवलपरासी अपाङ्ग पुर्नस्थापन केन्द्र नेपालका सचिव दिपक पौडेल संचालन रहेको कार्यक्रममा संस्थाकी कोषाध्यक्ष स्मृति थापा, सुनवल सामुदायिक सिकाई केन्द्र का अध्यक्ष संजय श्रेष्ठ, उद्योग वाणिज्य संघ सुनवलका उपाध्यक्ष लेखनाथ खरेल लगाएतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित