Rashtriya Dainik

प्रतापपुर पुर्ण संस्थागत प्रसुती सेवायुक्त पालिका घोषणा

नवलपरासी , १७ असार ।

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका एक औपचारिक कार्यक्रम बिच पुर्ण संस्थागत प्रसुती सेवायुक्त पालिका घोषणा भएको छ । नवलपरासीको प्रतापपुर गाउँपालिकाले पुर्ण प्रसुती सेवायुक्तका सबै ईन्डिकेटरहरु पुरा गरेपछि सोमबार एक भव्य औपचारिक कार्यक्रम बिच जिल्ला समन्वय समिति प्रमुख भगौती प्रसाद यादवले घोषणाको प्रमाण–पत्र प्रदान गर्दै उक्त पालिकालाई प्रसुती सेवायुक्त पालिका घोषणा गर्नु भएको हो ।

प्रतापपुर गाउँपालिकाको आयोजनामा आयोजित उक्त घोषणा कार्यक्रम गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख भगौती प्रसाद यावदको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । गाउँपालिकाको ९ वटै वडामा रहेका गर्भवती महिलाहरुले स्वास्थ्य चौकीहरुमा गई नियमित चेकजाँच गराईरहेको र बर्थिङ्ग सेन्टर तथा अस्पताल एवं संस्थामा गई मात्र गर्भवती महिलाहरु बच्चा जन्माईरहेकाले उक्त पालिका पुर्ण संस्थागत प्रसुती सेवायुक्त पालिका घोषणा हुन सफल भएको हो ।
पहिला गर्भवती महिलाहरु स्वास्थ्य कर्मीको निगरानी बिनै आ–आफनै घरमा बच्चा पाईरहेका कारण धैरै बच्चाहरुको मृत्यु हुने आमाहरुको रक्त अल्पता भएर मृत्यु हुने र आमाहरु विभिन्न रोग तथा संक्रमणको सिकार हुने गर्दथ्ये तर अहिले संस्थागत प्रसुतीले यो समस्या दुर भएको पालिकाको निष्कर्ष रहेको गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवको भनाई छ । कार्यक्रममा प्रमुख अतिथि जिसस प्रमुख भगौती प्रसाद यादवले पालिकाको अनुगमन गरि पुर्ण संस्थागत प्रसुती सेवायुक्ता पालिका पाएकाले सो कार्यक्रम बिच प्रमाण पत्र प्रदान गरि घोषणा गरेका हुन् । घोषणा गर्दै जिसस प्रमुख यादवले यस सेवालाई निरन्तरता दिन आग्रह गर्दै आगामी दिनमा बालमैत्री, वातावरण मैत्री, महिलामैत्री लगायतका अभियानहरुमा पनि पालिका लाग्न आग्रह गर्नु भयो ।


कार्यक्रममा पुर्ण संस्थागत प्रसुती सेवा युक्त पालिका घोषणा तथा ईन्डीकेटरहरु पुरा गर्नमा सघाउनु हुने स्वास्थ्य कार्यालय र विभिन्न संघसंस्थाहरुमा ईन्द्रेणी सामाजिक विकास मन्च, फेयरमेड, युएमएन लगायतलाई सम्मान गरिएको थियो । त्यस्तै महिला स्वयंसेकहरुलाई समेत सम्मान गरि प्रोत्साहन गरिएको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत अर्जुन चौधरीले जानकारी दिनु भयो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष, उमेशचन्द्र यादव, प्रमुख अतिथि जिसस प्रमुख भगौती प्रसाद यादव, गाउँपालिका उपाध्यक्ष मान कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत अर्जुन चौधरी, स्वास्थ्य कार्यालय प्रमुख अंगद शाही, ईन्द्रेणी सामाजिक विकास मन्चका कार्यकारी निर्देशक पुष्पराज आचार्य, डिएसपी विरदत्त पन्त लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित