Rashtriya Dainik

सामी परियोजना र सुनवल नगरपालिका बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न

पुरन अधिकारी ,सुनवल

नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय तहहरुको सयुक्त नेतृत्वमा सञ्चालित सुरक्षित अाप्रवासन परियोजना (सामी) र सुनवल नगरपालिकाका प्रतिनिधिहरु बिच सुरक्षित बैदेशिक रोजगार सम्बन्धि अन्तरक्रिया कार्यक्रम सुनवलमा सम्पन्न भएको छ।

पश्चिम नवलपरासीको लागि परियोजनाको सेवा प्रदायक सस्था इन्द्रेणी सामाजिक विकास मञ्चका अध्यक्ष बद्री प्रसाद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सुनवल नगर प्रमुख भिम बहादुर थापाले बैदेशिक रोजगारीमा समस्या र चुनौतीहरु अनेकौं रहेको र यसको पहिचान गर्दै निराकरण तर्फ जानुपर्ने ,बैदेशिक रोजगारीलाई निर्मुल पार्न नसकेतापनि अदक्ष लाई सिप मार्फत दक्षता प्रदान गरि रोजगारीमा पठाउन सके धेरै समस्याहरुको निराकरण हुनेमा जोड दिदै परियोजनाबाट प्रदान हुने नि:शुल्क तालिमहरु केन्द्र स्तरमा मात्र सिमित नभई क्रमशः प्रदेश र स्थानीय तहसम्मबाट समेत प्रदान गर्न सके बैदेशिक रोजगारीमा जानेहरुलाई प्रत्यक्ष टेवा पुग्ने र यसका लागि सुनवल नगरपालिकाले परियोजनालाई सदैव हातेमालो गर्न तयार रहेको समेत जानकारी गराउनुभयो ।

नगर उपप्रमुख दधिराम अर्याल विशिष्ट अतिथि र प्रमुख प्रसासकिय अधिकृत कृण्ण प्रसाद पाण्डेको विशेष अातिथियता रहेको सो कार्यक्रममा नगरका वडा अध्यक्ष ,कार्यपालिका सदस्य ,नगरपालिकाका सम्पूर्ण शाखा प्रमुख ,सामी हेल्भटासका लुम्बिनी प्रदेश सम्योजक पञ्चराम चौधरी ,लुम्बिनी प्रदेशका कार्यक्रम अधिकृत लालबाबु कुशावाहा ,कार्यक्रम सम्योजक ज्ञानेश्वर भण्डारी ,मनोपरामर्शकर्ता सुमित्रा चौधरी एवं परियोजनाका सुनवल नगरपालिका भित्र कार्यरत कर्मचारीहरुको समेत उपस्थिति रहेको थियोे भने कार्यक्रम सन्चालन परियोजनाकी परामर्शकर्ता रमा अालेले गर्नुभएको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित