आरपि उपाध्याय / नवलपरासी ,१६ असार
पश्चिम नवलपरासीको परासीमा नेपाली काङ्ग्रेसको वर्तमान अवस्था र समसामयिक राजनीति विषय सन्दर्भमा बृहत् पत्रकार सम्मेलन सम्पन्न भएको छ।
नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनालले पार्टीभित्र मौलाएको चरम गुटबन्दी, औसरवादीद्वारा इमानदार र निष्ठावान कार्यकर्ता विरुद्धमा हुन थालेको षड्यन्त्र विरुद्ध पत्रकार सम्मेलन मार्फत जानकारी गराउनु भएको हो।
महामन्त्री खनालले चार दशकभन्दा लामो राजनीति यात्राको दु:ख,पीडा सहदै आएको अवस्थामा आफुले आम नेपाली जनताको पक्षमा आफ्नो आवाज प्रस्तुत गर्दै आए पनि पार्टीभित्रकै केही अवसरवादी नेताहरुले चरम गुटबन्दी गरि कार्यकर्ताहरुको चरित्र हत्या गर्दै आएको समयमा त्यस्ता खाले धनाड्य प्रवृत्ति र पार्टीलाई फुटको दलदलमा फसाउन खोज्नेहरु विरुद्ध स्वाभिमानी कार्यकर्ता समयमै सचेत भइ यस्ता तत्वको विरुद्ध एक भइ उभिन अपिल गर्नुभयो।

पत्रकार सम्मेलनमा खनालले नेतृत्व तहले पार्टीलाई केवल आफ्नो सत्तामैत्री, निजी परिवारवाद,धनाड्यवाद,डनवाद लगायतका तमाम अराजकताहरु प्रती मौन सहमतिका आधारमा पार्टीलाई कमजोर पार्दै गएको उल्लेख गर्दै
भ्रष्टाचार व्यापक छ,नत योजना दिन सक्छन,नत सहि दिशा नै ।
ती तत्वहरुले पार्टी संगठनलाई बलियो बनाउन परै जाओस् स्वाभिमानी कार्यकर्तालाई सम्मान दिन नसक्नु तिनीहरुको दिनचर्या नै बनेको खनालले उल्लेख गर्नुभयो।
पार्टी कार्यकर्ताको आँसु र आवाजलाई समान्तमवादहरुले कुल्चेर राख्दै गएको पनि खनालले पत्रकार सम्मेलनमा प्रष्ट्याउनु भयो।
महामन्त्री खनालले पार्टीभित्र उठ्ने गरेको जायज माग र विचारलाई नीति निर्माताहरु समक्ष पुर्याइए पनि त्यस्ता सकारात्मक विचार र मागलाई नेतृत्व तहले कहिल्यै पनि सम्बोधन देखाउने आट गर्न नसकेको पनि पत्रकार सम्मेलनमा खनालले बताउनु भएको थियो।
महामन्त्री खनालले पार्टीको १४ औं महाधिवेशनमा आफुलाई दिइएको जिम्मेवारी निष्ठापुर्वक निर्वाह गर्दै आएको सन्दर्भमा पार्टीभित्र हावी भएका अराजक सामन्तवादी सोचका व्यक्तिहरुको षड्यन्त्रले विभिन्न वाधा,अवरोध सृजना गरेपनि विचलित नभई आफ्नो जिम्मेवारीलाई पूरा गर्दै आएको बताउनु भयो।
उहाँले अराजक समान्तमवादीहरुलाई आगामी १५ औं महाधिवेशनमा सबै मिली निस्तेज गर्नु नै पार्टीभित्रका सच्चा र इमानदार कार्यकर्ताको कर्तव्य हुने पनि उहाँले जिकिर गर्नुभएको थियो।
सञ्चारकर्मीहरुको विभिन्न प्रश्नहरुको जवाफ दिदै महामन्त्री खनालले आफुमाथी गरिएको अनुशासन सम्बन्धि सिफारिस अवैधानिक रहेको बताउदै त्यस्ता खाले कामले पार्टी सिध्याउने कार्य हुने भएको हुँदा त्यस्ता कार्यको विरुद्ध सबैले खबरदारी गरि आँखा बन्द गरि बसेका पार्टीका शिर्ष नेताहरुको आँखा खोल्न पत्रकार सम्मेलनको आयोजना गरिएको जानकारी पनि दिनुभयो।
खनालले काङ्ग्रेस सिध्याउन सपना देख्नेहरु आफै सिध्द्दिने पनि उहाँले बताउनु भएको थियो।

प्रतिनिधसभाकाे निर्वाचनमा उम्मेदवारलाई हराउन खेलेको भुमिकामाथि मन्त्री खनाललाई केन्द्रीय अनुशासन समितिबाट कार्वाहीकाे चर्चा हाल चलिरहेको छ।
महामन्त्री खनाललाई कारबाही हुन सक्ने छनक पाएपछि खनाल पक्ष नेता कार्यकर्ताकाे आक्राेशित भएका छन ।
पत्रकार सम्मेलनमा नेपाली काङ्ग्रेस नवलपरासी (ब.स.प.) का सभापति अर्जुन पोख्रेल,लुम्बिनी प्रदेश सभा सदस्य विश्व प्रेम पाठक,जिल्ला सचिव उमेश यादव,राधेश्याम पाठक लगायतले पुर्वाग्रही रुपमा अनुशासनको सिफारिसलाई तत्काल नसच्याइ त्यसको परिणाम भयावह हुने चेतावनी पनि दिनुभयो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

