बिननेद निगम / नवलपरासी ,१६ असार
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं. १ सहुवाटिकरमा लागू औषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीको विशेष टोलीले दुई जनालाई पक्राउ गरेको छ।
प्रहरी टोलीले आईतबार दिउँसो ३:०० बजे यमकला कोहारको घरमा छापा मार्दा,रामग्राम नगरपालिका वडा नं. ७ उजैनी निवासी १८ वर्षीय विशाल चौधरीलाई लागू औषधको किनबेच गरिरहेको अवस्थामा फेला पारेको हो।
प्रहरीका अनुसार घटनास्थलबाट डाईजेपाम २ एम.एल. लेखिएको १३ एम्पुल, फेनारगन २ एम.एल.लेखिएको १३ एम्पुल, र बुप्रिनोर्फिन २ एम.एल. लेखिएको १३ एम्पुल बरामद गरिएको छ। साथै, घटनामा संलग्न भएको आरोपमा ३७ वर्षीया यमकला कोहारलाई समेत नियन्त्रणमा लिइएको छ।
पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धानको लागि असार १६ गतेदेखि लागू हुने गरी जिल्ला अदालत नवलपरासीबाट म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) वीर दत्त पन्तले जानकारी दिए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

