Rashtriya Dainik

धोबिनी गाउँपालिकाको शिक्षा धराशायी,जनप्रतिनिधि र शिक्षा प्रमुखको चरम लापरवाही

राजन कुमार बानिया/ पर्सा ,१६ असार

धोबिनी गाउँपालिकामा शिक्षा क्षेत्रको अवस्था अत्यन्तै दयनीय बन्दै गएको छ। गाउँपालिकाका जनप्रतिनिधि तथा जिम्मेवार पदाधिकारीहरूको चरम लापरवाहीका कारण विद्यार्थीहरूको भविष्य अन्धकारमा परेको छ।

हालै सार्वजनिक भएको २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजाले धोबिनी गाउँपालिकाको शिक्षा अवस्थाको वास्तविकता उजागर गरेको छ। पालिका अन्तर्गतका तिन वटा माध्यमिक विद्यालयबाट २८० जना विद्यार्थीले एसईई परीक्षा दिए पनि जम्मा ३५ जना मात्र उतीर्ण भएका छन। बाँकी २४५ जना विद्यार्थी पूर्णरूपमा अनुत्तीर्ण भएका छन। तथ्यले सम्पूर्ण शिक्षा प्रणालीको बेथिति देखाउँछ।
श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय भिखमपुरबाट १६८ जना विद्यार्थीले परीक्षा दिएका थिए, तर जम्मा ४ जना मात्र उतीर्ण भएका छन्। त्यस्तै, श्री अजिज मिया माध्यमिक विद्यालय धोबिनी ३७ जनाले परीक्षा दिएका थिए, जसमध्ये २१ जना उतिर्ण भएका छन। त्यस्तै श्री काली प्रसाद लाखे माध्यमिक बिधालय लंगडी ७५ जनाले परीक्षा दिएका थिए, जसमध्ये १० जना उतिर्ण भएका छन।
यस गम्भीर शैक्षिक विफलतामा जनप्रतिनिधि र शिक्षा शाखा प्रमुखको चरम गैरजिम्मेवारीपन देखिन्छ। विद्यालयमा पठन–पाठनको गुणस्तर, विद्यार्थी अनुशासन, शिक्षकको नियमितता तथा पालिकाको निगरानी व्यवस्थापन पूर्ण रूपमा कमजोर रहेको स्पष्ट देखिन्छ।
जनताका लागि जिम्मेवार बन्नुपर्ने पालिकाका जनप्रतिनिधि र शिक्षा शाखा प्रमुख विद्यालय र विद्यार्थीको भविष्यप्रति उदासीन देखिएका छन्। स्रोत साधनको दुरुपयोग, शिक्षालाई प्राथमिकतामा नदिने प्रवृत्ति र विद्यालयहरूको कमजोर अनुगमन नै यो दयनीय नतिजाको प्रमुख कारण हो।
स्थानीय अभिभावक, शिक्षक तथा समाजसेवीहरूले पालिकालाई तत्काल शिक्षामा सुधार गर्न कडा कदम चाल्न आग्रह गरेका छन्। अन्यथा विद्यार्थीहरूको भविष्य नष्ट गर्नुमा पालिका प्रशासन प्रत्यक्ष दोषी ठहरिने चेतावनीसमेत दिएका छन।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित