अमृता सुनार/नवलपरासी ,असार १५
“धानवालीमा सघनता, खाद्यसुरक्षा र आत्मनिर्भरता” भन्ने मुल नाराका साथ सुनवल नगरपालिका कृषि शाखाको आयोजनामा २२ औं राष्ट्रिय धान दिवस कार्यक्रम सरस्वती आधारभुत विद्यालय सुनवल वडा नं २ मुखियाटोलमा मनाइएको छ ।
सुनवल नगरपालिका वडा नं २ का वडाध्यक्ष राजेन्द्र यादवको अध्यक्षतामा एवम सुनवल नगरप्रमुख बिमला अर्यालको प्रमुख आतिथ्यतामा एवम वडाका जनप्रतिनिधि, कर्मचारी र स्थानीय कृषकहरूको सहभागितामा धान रोपेर उल्लासमय रुपमा धान दिवस मनाइएको हो ।

नगरप्रमुख बिमला अर्यालले नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै मल बीउ बिजन र ब्यवसायिक कृषिका लागि किसानहरूलाई विभिन्न उपकरणहरू समेत उपलब्ध गराउँदै आईएको बताउनुभयो । नेपाल जस्तो कृषि प्रधान देशमा धान उत्पादन र कृषि क्षेत्रको महत्वलाई थप उजागर गर्न यो दिवसले अतुलनीय भूमिका निर्वाह गरेको उहाले बताउनुभयो ।

सो अवसरमा धान रोपाइ सहित विभिन्न कार्यक्रम सगै सहभागी सम्पुर्णलाई दही चिउरा खुवाइएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

