Rashtriya Dainik

कपिलवस्तुको विजयनगरमा जग्गा नापजाँच विषयमा अन्तरक्रिया

धर्मेन्द्र कुमार कुर्मी / कपिलवस्तु ,१५ असार

कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा जग्गा नाप जाँचकाे विषयमा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।विजयनगर गाउँपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसाेबासीहरुका लागि जग्गा नापजाँचकाे कानुनी प्रावधान र प्रक्रियाकाे बारेमा अन्तरक्रिया गरिएको हाे । गाउँपालिकामा जेठ २९ गतेबाट नै जग्गा नापजाँचकाे सुरुवात भएको छ ।

आइतबार स्थानीय, जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि लगायत सराेकारवालासँग जग्गा नापजाँचकाे सम्बन्धमा अन्तरक्रिया गरिएको हाे । नापी कार्यालय ताैलिहवाका प्रमुुख जनक भण्डारीले जग्गा प्राप्तिका लागि सुरुवात भएको अधुरो र अपुराे जग्गाकाे नापजाँचकाे प्रक्रियाकाे बारेमा विस्तृत रुपमा प्रष्ट्याएका थिए । जग्गा नापजाँचकाे प्रक्रियालाई सहज र छिटाेछरितो सहित तीव्रताका साथ काममा लाग्ने हिसाबले अन्तरक्रिया गरिएको जनाइएको छ ।

कार्यक्रममा बाेल्दै भूमि सम्बन्धी समस्या समाधान आयाेगका जिल्ला अध्यक्ष झबिलाल पाेख्रेलले प्रमाणसहितकाे अधुरो, अपुराे जग्गाका लागि जग्गा आयाेगमा निवेदन पेश गर्ने बताए । उनले सम्बन्धित पालिकाले बढी जिम्मेवार भई द्रुतगतिमा नापजाँचकाे कामलाई अगाडी बढाउनुुपर्नेमा जाेड दिए । फिल्डमा खटिएका प्राविधिक टाेलीलाई काम गर्ने सहज वातावरण बनाई सहयोग गर्न उनले अनुरोध समेत गरे ।

यस्तै गाउँपालिका गाेपाल बहादुर थापाले प्राथमिकताका साथ छिटो भन्दा छिटाे लालपुर्जा वितरण गर्ने हिसाबले लागेकाे बताए । फिल्डमा खटिएका प्राविधिकहरुलाई समन्वयात्मक रुपमा सहकार्य गर्दै बढेकाे उनले बताए । सम्बन्धित निकायमा समन्वयकाे साथै वडा अध्यक्ष र वडा सदस्यहरुले बढी सक्रियता देखाउन अनुरोध गर्दै सराेकारवालाहरुले पनि चाँसाेकाे साथै समन्वय बढाउनुपर्नेमा अध्यक्ष थापाले जाेड दिए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चाैधरी, प्रमुख प्रशासकीय अधिकृत शाेभाराम रिजाल, भूमि सम्बन्धी समस्या समाधान आयाेगका जिल्ला सदस्य मञ्जु थारु, वडा अध्यक्षहरु लगायत सराेकारवाला विजयनगर भूमिहीन दलित, भूमहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको सेवा केन्द्रका शाखा प्रमुख बासुदेव जमरकटेल लगायतको उपस्थिति थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित