नवलपरासी -क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति नवलपरासीले जनश्रम अन्तरगत शहिद परिवारको धान रोपाई गर्ने तयारी गरेको छ । पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी रवि पाण्डेयका अनुसार जिल्ला पार्टीको पाँचौ पुर्ण बैठकले भष्ट्राचार बिरोधी अभियानकै बीचमा धान रोपाई समेत गर्ने निर्णय गरेको थियो ।
” कम्युनिष्टहरु श्रमबाट कटेको ब्यापक जनगुनासो छ,हामी सच्चा क्रान्तिकारीहरु श्रमबाट कटनु राम्रो बिषय होइन ” – युवा नेता पाण्डेयले भने–”उत्पादनका कामहरुको दिर्घकालीन योजना बनाएका छौ , तत्काल शहिद परिवारको धान रोपाईं गरेर श्रममा जोडिदैंछौ ।”
उनले असार १६ गते बर्दघाट–१० अल्हावलस्थित जनयुद्धका शहिद खोरबहादुर चौधरीको जिवनसंगनी बिद्या चौधरीको खेतमा धान रोपाई गर्ने योजना रहेको बताए । “रोपाईका करिब १५ देखि २० जनाले श्रम गर्ने योजना छ”–उनले भने– “जनश्रम पनि आन्दोलनको एक हिस्सा हो । जसले उत्पादनलाई मद्धत गर्छ ।”
पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज क्षेत्र बहादुर थापाको अभिभावकत्व र नेतृत्वमा कार्यक्रम हुने पार्टीले जनाएको छ । थापा आफै पनि शहिद परिवार रहेका छन् । उनका सहोदर भाई सुर्यबिक्रम थापा सलीम जनयुद्धका शहिद भएका थिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

