आरपि उपाध्याय / नवलपरासी ,१५ असार
पश्चिम नवलपरासी प्रतापपुर बैदौली स्थित गण्डक नहरको पुलबाट खसेर एक युवक बेपत्ता भएका छन।
प्रतापपुर गाउँपालिका ७ सुर्यपुरा बस्ने रमेश गुप्ताको छोरा १८ वर्षीय पवन कुमार गुप्ता भारतको रेङहिया बजारबाट घरतर्फ फर्किने क्रममा नहरमा खसी बेपत्ता भएको ईलाका प्रहरी कार्यालय बेलाटारीले जानकारी दिएको छ।
नहरमा खसेर बेपत्ता भएका गुप्तालाई खोज तलास गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको जनशक्तिले खोजी कार्य गरिरहेको प्रहरीले बतायो।
बेपत्ता भएको गुप्ताको खोजी कार्य गर्न गण्डक नहरको पानी सुकाइ नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालित भइ खोजी गरिरहेको बताइएको छ।
घटनास्थलबाट डेढ कि.मी. को दुरीमा भारतीय सिमाना पर्ने हुँदा बेपत्ता भएको व्यक्ति भारततर्फ जाने सम्भावना रहेकोले भारतीय सुरक्षाकर्मी संग पनि समन्वय गरि खोजी कार्य भइरहेको जानकारीमा आएको छ।
यो समाचार तयार पारुन्जेल बेपत्ता भएका गुप्ताको कुनै पनि अत्तोपत्तो अभएको समेत प्रहरीको भनाइ रहेको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

