Rashtriya Dainik

विनयी त्रिवेणी ७ नवलपुरको आयोजनामा श्रद्धाञ्जली सभा

आरपि उपाध्याय / नवलपरासी ,१४ असार

नेपाली काङ्ग्रेस विनयी त्रिवेणी ७ नवलपुरको आयोजनामा श्रद्धाञ्जली सभा शनिबार विनयी त्रिवेणीकै रानीनगर स्थित फर्साटाडीमा सम्पन्न भएको छ।
नेपाली काङ्ग्रेसको क्रियाशिल सदस्य ८९ वर्षीय छल कुमारी खड्काको निधन भएको नवौं पुण्यतिथीका दिन श्रद्धाञ्जली सभा सम्पन्न भएको हो।
नेपाली काङ्ग्रेस वडा न.७ वडा कार्यसमितिका सभापति निरन्जन थापाको अध्यक्षतामा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो।
सो अवसरमा प्रमुख अतिथि आर.पि. उपाध्यायले स्वर्गीय खड्काको निधनबाट अपुर्णीय क्षति भएको बताउदै उहाँले पुर्याउनु भएको पार्टी प्रतिको योगदान लामो समयसम्म स्मरणीय हुने कुरा जिकिर गर्नुभयो।


प्रमुख अतिथि उपाध्यायले दिवङ्गत हुनु भएकी खड्काले पार्टी प्रती गर्नुभएको योगदानलाई उहाँका परिवारजनहरुले पनि अनुसरण गर्दै अगाडि बढाउन आग्रह गर्नुभयो।
शोक समारोहमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नवलपुर क्षेत्र न.२ का क्षेत्रीय अध्यक्ष राजकुमार राईले शोक मन्तव्य व्यक्त गर्दै स्वर्गीय खड्काको निधनबाट पार्टीको उज्यालो तारा अस्ताएको चर्चा गर्दै उहाँको पारिवारिक पृष्ठभूमि र राजनीति यात्राबारे जानकारी गराउनु भएको थियो।


कार्यक्रममा ने.का. विनयी त्रिवेणी गाउँपालिका सभापति अजित थापा, उपसभापति प्रकाश कुवर,पुर्व गाउँपालिका अध्यक्ष डम्बर बहादुर जि.सी.,प्रशिक्षण विभागका सदस्य बालकृष्ण भुसाल,विनयी त्रिवेणी वडा न.६ का वडा सभापति वीर बहादुर ठकुरी,पुर्व वडा अध्यक्ष गोपाल बहादुर क्षेत्री लगायत नेपाल महिला संघ,नेपाल तरुण दल,मुस्लिम संघका नेताकार्यकर्ता, शुभेच्छुक र परिवारजनको बाक्लो उपस्थिति रहेको थियो।
स्वर्गीय खड्काको ३ छोरा र १ छोरी रहेको पारिवारिक श्रोतले बताएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित