Rashtriya Dainik

सियारीमा मुस्लिम समुदायको लागि परिवार स्वास्थ्य सम्बन्धि अभिमुखिकरण

तुलसीराम पौडेल / रुपन्देही , आषाड १४

रुपन्देही स्थित सियारी गाउँपालिका अन्तरगतका मुस्लिम समुदायको लागि खुसाल स्वास्थ्य परिवार सम्बन्धि १ दिने अभिमुखिकरण कार्यक्रम शनिबार सम्पन्न भयो ।सियारी गाउँपालिका कार्यालय स्वास्थ्य शाखाको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको सहजीकरण प्रशिक्षकहरु डाक्टर समीर मिया, डाक्टर अल्मिरा खान र गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बुद्धि बहादुर घर्तिले गरेका थिए ।


सियारी गाउँपालिका वडा नम्बर -३ का वडा अध्यक्ष रामचन्द्र कुर्मीको अध्यक्षता, सियारी गाउँपालिका अध्यक्ष थानेस्वर घिमिरेको प्रमुख आतिथ्यता, गाउँपालिका उपाध्यक्ष तारा थारुको विशिस्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको संचालन गाउँपालिका स्वास्थ्य शाखा जन स्वास्थ्य अधिकृत मनोज पौडेलले गर्नुभएको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित