Rashtriya Dainik

पश्चिम नवलपरासीमा एसईईमा ५८.६४ प्रतिशत विद्यार्थी ग्रेडेड, ३ जनाले ल्याए ४ जिपिए

सुरेश यादव / नवलपरासी ,१४ असार

पश्चिम नवलपरासीमा २०८१ सालको एसईई परिक्षामा साधरण र प्राविधिक धारतर्फ गरि कुल ५८.६४ प्रतिशत अर्थात २ हजार ८८६ जना विद्यार्थीहरु ग्रेडेड भएका छन् ।

जसमा साधरणतर्फ ५९.१२ प्रतिशत अर्थात २ हजार ८२७ जना र प्राविधिकतर्फ ४२.४५ प्रतिशत अर्थात ५९ जना रहेका छन् ।यस्तै ननग्रेड हुनेमा साधरणतर्फ ४०.८८ प्रतिशत अर्थात १ हजार ९५५ र प्राविधिकतर्फ ५७.५५ प्रतिशत अर्थात ८० जना गरि कुल २०३५ जना छन् ।

जिल्लामा सामुदायिक, संस्थागत र धार्मिक गरि कुल २२१ वटा विद्यालयबाट ४ हजार ९२१ जना विद्यार्थीहरु परिक्षामा सहभागी भएका थिए । जसमा साधरण धारतर्फका ३ जनाले मात्र ४ जिपिए ल्याउन सफल भएको शिक्षा विकास तथा समन्वय ईकाई नवलपरासीले जनाएको छ ।

यस्तै साधरण र प्राविधिक दुबै धारतर्फ गरि ३.६ देखि ४.० भन्दा कम जिपिए ल्याउनेहरु ३८९ जना रहेका छन् । ३.२ देखि ३.६ जिपिएसम्म ८४४, २.८ देखि ३.२ जिपिएसम्म १०३२, २.४ देखि २.८ जिपिएसम्म ५५७ र २.० देखि २.४ जिपिए ल्याउने २१ जना छन् भने १.६ देखि २.० जिपिए ल्याउनेहरुको संख्या शुन्य रहेको छ ।

परिक्षामा ग्रेड प्राप्त गर्न नसकेकाहरुको लागी पूरक परीक्षा आउँदो साउन २९ देखि भदौ ६ गतेसम्म संचालन हुनेछ । बिहान ८ बजेदेखि ११ बजेसम्म हुने परीक्षामा परीक्षार्थीहरुले पुरानै प्रवेशपत्रबाट परीक्षा दिन पाउने छन् ।यदि नतिजामा चित्त नबुझेको भए पुनर्योग गर्न र उत्तरपुस्तिका पुनः परीक्षण गर्न पनि सकिनेछ। जसको लागि असार २३ गतेसम्म आवेदन दिनुपर्नेछ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित