सुरेश यादव / नवलपरासी ,१४ असार
करदाता सेवा कार्यलय परासीले चालु आर्थिक बर्ष २०८१/८२ मा ९२ करोड ५२ लाख राजस्व संकलन गरेको छ । यसबर्ष एक अर्ब ३८ करोड राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा साउनदेखि जेठसम्म ११ महिनाको अवधीमा उक्त रकम संकलन गरेको हो । जुन गत बर्षको तुलनामा ५.१३ प्रतिशतले बढि हो ।
जसमा संस्थागत आयकरतर्फ ६५.९५ प्रतिशत र मुल्य अभिबृद्धि करमा १०.८८ प्रतिशतले बृद्धि भएको छ भने अन्तः शुल्कतर्फ १०.६९ प्रतिशतले कमि आएको छ । करदाता सेवा कार्यलयका प्रमुख एवम कर अधिकृत फर्शुराम पोखरेलका अनुसार वस्तु उत्पादनमा आएको कमिले गर्दा आन्तरिकतर्फको शुल्क घटेको बताउनुभएको छ ।
करदाता सेवा कार्यालय, परासी देशभर रहेका ३९ वटा मध्य एक हो । आन्तरिक राजस्व कार्यालयहरुको कार्य सम्पादनमा चाप बढ्दै गएपछि समायोजन गर्न
२०७७ सालमा स्थापना भएको हो । हालसम्म यसमा २३ हजारभन्दा बढि सेवाग्राहीहरु आबद्ध रहेका छन् ।
यसअघि जिल्लामा करदाता सेवा कार्यलय नहुदा सेवाग्राहीहरुले सेवा लिन बुटवल-भैरहवा जानुपर्ने बाध्यता थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

