बिनोद निगम / नवलपरासी , १३ असार
आर्थिक वर्ष २०८२/८३ का लागि नवलपरासी पश्चिम जिल्लाका सातै स्थानीय तहले आफ्नो वार्षिक बजेट सार्वजनिक गरेका छन्। सार्वजनिक विवरणअनुसार सबैभन्दा ठूलो बजेट रामग्राम नगरपालिकाले ल्याएको छ भने सबैभन्दा कम बजेट पाल्हीनन्दन गाउँपालिकाले प्रस्तुत गरेको छ।
रामग्राम नगरपालिकाले चालु आर्थिक वर्षका लागि १ अर्ब ३१ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ, जुन जिल्लाभरिमै सबैभन्दा ठूलो हो। दोस्रो ठूलो बजेट ९९ करोड ९८ लाख रुपैयाँसहित सुनवल नगरपालिकाले ल्याएको छ। त्यस्तै बर्दघाट नगरपालिकाले ९७ करोड ७२ लाखको बजेट प्रस्तुत गरेको छ।
गाउँपालिकातर्फ हेर्दा प्रतापपुर गाउँपालिकाको बजेट ७६ करोड ३९ लाख ६७ हजार रहेको छ। सुस्ता गाउँपालिकाले ५४ करोड ९३ लाख १८ हजार ४ सय, सरावल गाउँपालिकाले ५३ करोड ३५ लाख, र पाल्हीनन्दन गाउँपालिकाले ५३ करोड ११ लाख १३ हजारको बजेट ल्याएका छन्।
सातवटै स्थानीय तहको समग्र बजेट जोड्दा कुल रकम ५ अर्ब ६६ करोड ४९ लाख ९८ हजार ४ सय रुपैयाँ पुग्छ।
यस वर्ष सार्वजनिक बजेटहरूमा पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषिमा लगानी बढाइएको जनाइएको छ। स्थानीय तहहरूले बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन समुदायस्तरमा सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता जनाएका छन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

