अमृता सुनार/नवलपरासी ,१२ असार
पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं १२ मा दुइ दिने जेष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम सुरु भएको छ।
सुनवल वडा नं १२ वडा कार्यालयको सहयोगमा तथा रामग्राम स्वास्थ्य चौकीको आयोजनामा शिविर सुरु भएको हो।
सुनवल वडा नं १२ का वडाध्यक्ष चुरामणी पौडेलको अध्यक्षतामा एवं सुनवल नगरपालिका शिक्षा शाखा प्रमुख विष्णु प्रसाद गोतामेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

पृथ्वी चन्द्र अस्पताल परासीका कन्सल्टेन्ट फिजिसियन डाक्टर नरेन्द्र प्रसाद यादव र मेडिकल अधिकृत डाक्टर चन्द्र शेखर बाट आज पहिलो दिन ११० जना जेष्ठ नागरिक आमाबुवाहरुको स्वास्थ परीक्षण तथा निशुल्क औषधी वितरण गरिएको थियो।

सुनवल नगरपालिका महिला बालबालिका शाखा प्रमुख केसरी गैरेको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन रामनगर स्वास्थ्य चौकीमा कार्यरत सिनियर अहेव सुमित्रा दर्जीले गर्नुभएको थियो।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

