Rashtriya Dainik

सुनवल १ रुपौलिया टोलमा इन्द्रेणी जिवन विज्ञान योग प्रयोगशाला शुभारम्भ

अमृता सुनार/नवलपरासी ,१२ असार

पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर १ रुपौलिया टोलमा अवस्थित इन्द्रेणी आमा समुहको भवनमा इन्द्रेणी जिबन बिज्ञान योग प्रयोगशाला शुभारम्भ भएको छ ।

इन्द्रेणी जिबन बिज्ञान योग प्रयोगशालाका संयोजक नैनाकला पाण्डेको अध्यक्षतामा तथा सुनवल वडा नम्बर १ का वडा अध्यक्ष मन बहादुर थापा मगरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न कार्यक्रममा वडा अध्यक्ष थापाले जिबन बिज्ञान योग मानव जातीको निम्ति अतिनै उपयोगी भएकोले योगमा जोडिन सबै वडा वासी टोलवासीलाई आग्रह गर्नुभयो ।

इन्द्रेणी जिबन बिज्ञान योगमा ५० जनाको सहभागिता रहने र योगाको प्रशिक्षक दुर्गा देवि पाण्डे रहनु हुनेछ । कार्यक्रममा रुपौलिया टोल बिकास सस्थाका अध्यक्ष टीका बहादुर थापा क्षेत्री, जीवन बिज्ञान योग प्रयोगशाला जिल्ला संयोजक हरी पोखरेल, नवलपरासी जिल्ला प्रशिक्षक दिपा तिवारी, प्रशिक्षक भिमा थापा लगाएतको उपस्थिति रहेको थियो ।

कोषाध्यक्ष दुर्गा देवि पाण्डेको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सचिब कल्पना भुसाल घिमिरेले गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित