Rashtriya Dainik

सुस्ता गाउँपालिका पाशु सेवा शाखाको आयोजनामा एक दिने निःशुल्क पशु सेवा स्वास्थ्य शिविर

आरपि उपाध्याय / नवलपरासी ,१२ असार

पश्चिम नवलपरासी सुस्ता गाउँपालिका पाशु सेवा शाखाको आयोजनामा एक दिने निःशुल्क पशु सेवा स्वास्थ्य शिविर सम्पन्न भएको छ।

पशु सेवा स्वास्थ्य शिविर सुस्ता १ को राष्ट्रिय मा.वि. छिबेनीको चउरमा सम्पन्न भएको हो।

स्वास्थ्य शिविरमा सुस्ता १ अन्तर्गतका १२० पशुहरुको निःशुल्क स्वास्थ्य परिक्षण गरि औषधि वितरण गरिएको थियो।

पशु स्वास्थ्य शिविरको उद्घाटन गर्दै पशु रोग अन्वेषण प्रयोगशाला परासीका प्रमुख डाक्टर भरत काफ्लेले सुस्ता १ का किसानहरुले आफ्नो गाउँघरमा पशुहरुको स्वास्थ्य परिक्षण गराउने उद्देश्यले शिविरको आयोजना गरिएको बताउनु भयो।

कार्यक्रममा पशु स्वास्थ्य शाखा सुस्ताका प्रमुख डा. देवेन्द्र घिमिरेले पशुपालन गर्ने किसानहरुको तथा पशु रोग सम्बन्धि जानकारी आदानप्रदान गर्न शिविर केन्द्रित रहने विचार व्यक्त गर्नुभयो।

पशु स्वास्थ्य शिविरमा स्थानीय भिमलाल ढकाल,रमा पन्थी लगायतले स्वास्थ्य शिविरको महत्वबारे आफ्नो प्रतिक्रिया दिनुभएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित