Rashtriya Dainik

चैनपुर बजारमा कृषि ज्ञान केन्द्र बझाङको अनुगमन

बझाङ, असार १२ गते

चैनपुर बजारमा कृषि ज्ञान केन्द्र बझाङले अनुगमन गरेको छ ।
अर्थिक वर्ष ०८१/८२ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषि ज्ञान केन्द्र बझाङको संयोजनमा आज चैनपुर बजारमा एग्रोभेट, नर्सरी, बीउ व्यवसायी, मल पसल, डेरी, मासु पसल, फर्म, कम्पनी तथा सहकारीहरूको संयुक्त अनुगमन गरिएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी सत्य कुमारी जोशीको नेतृत्वमा सम्पन्न उक्त अनुगमनमा कृषि ज्ञान केन्द्र बझाङका प्रमुख खेम पनेरू, घरेलु तथा साना उद्योग कार्यालय बझाङका प्रमुख मान बहादुर धामी, जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र बझाङका प्रतिनिधि लगायतको अन्य कार्यलय का प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेकाे थियाे ।

अनुगमनको क्रममा म्याद सकिएका खाद्य वस्तुहरू, मासु पसलमा सरसफाइको अभाव, व्यवसाय दर्ता नभएका फर्महरू लगायतका विभिन्न समस्या देखिएको थियो। अनुगमन टोलीले यस्ता व्यवसायीहरूलाई व्यवसाय दर्ता प्रक्रिया पूरा गर्न, खाद्य सरसफाइमा विशेष ध्यान दिन र उपभोक्ताको स्वास्थ्यसँग खेलवाड नगर्न कडाईका साथ निर्देशन दिएको छ।

कृषि ज्ञान केन्द्र बझाङका प्रमुख खेम पनेरूले सडेगलेका तरकारी तथा फलफूल बिक्री गर्नु उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलवाड भएको भन्दै यस्ता कार्य तत्काल रोक्न व्यवसायीहरूलाई अनुरोध गरे।

बजारमा उपभोक्ताको हित सुनिश्चित गर्न यस्ता अनुगमन कार्यक्रमहरू आगामी दिनहरूमा पनि निरन्तर गरिने कृषि ज्ञान केन्द्र बझाङका प्रमुख खेम पनेरूले जानकारी दिनुभएकाे छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित