Rashtriya Dainik

एसपी मिश्र ठुलो सफलता,पर्साको ईतिहासमा पहिलो पटक भारीमात्रामा चरेश बरामद

वीरगन्ज  । पर्सा प्रहरीले ठुलो परिमाणमा लागूऔषध चरेश सहित एकजनालाई पक्राउ गरेको छ।बुधबार बेलुका वीरगन्जको परवानीपुरबाट करिब ३१९ किलो चरेश पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ।

उक्त चरेससहित प्रहरीले ट्रकका चालक मकवानपुरको थाहा नगरपालिका–१२ का ३६ वर्षीय बुद्धिबहादुर स्याङ्तानलाई पक्राउ गरेको छ । स्याङ्तानको साथबाट एक लाख ९२ हजार रुपैयाँ नगद समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

परवानीपुरबाट वीरगन्जस्थित सुक्खा बन्दरगाहतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ६३४८ नम्बरको ट्रकबाट उक्त चरेस बरामद गरिएको हो । पर्सा प्रहरी स्रोतका अनुसार, चरेस भारततर्फ लैजान लागिएको थियो ।पक्राउ परेका स्याङ्तानलाई  आवशयक कार्यबाहीको लागि लागूऔषध कसूरमा मुद्दा चलाउन तयारी भईरहेको प्रहरीले जनाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित