Rashtriya Dainik

परासीका ४ व्यवसायीविरुद्ध राजश्व ठगीमा ७ करोड बिगो मागसहित मुद्दा दायर

सुरेश यादव / नवलपरासी ,१२ असार

पश्चिम नवलपरासीका चार जना व्यवसायीविरुद्ध राजस्व अनुसन्धान कार्यालय, बुटवलले राजस्व चुहावटमा ७ करोड बिगो माग दावीसहित मुद्दा दायर गरेको छ ।

नवज्योती ट्रेडर्सका प्रोप्राइटर सौरभ यादवसहित ४ जनाविरुद्ध उच्च अदालत तुलसीपुर, बुटवलमा मुद्दा दायर गरिएको कार्यालय प्रमुख विवेक घिमिरेले जानकारी दिएका छन्।रामग्राम नगरपालिका-८ स्थित नवज्योती ट्रेडर्स र क्रेता आगवन स्टोर्स एण्ड अर्डर सप्लायर्सका सन्चालक पुष्पा शर्माले सञ्चालन गरेको व्यवसायमा कानुन विपरीत कारोबार भएको प्रमाणका आधारमा मुद्दा दर्ता गरिएको घिमिरेले बताएका छन् ।

बिक्रेताले ५० लाखभन्दा बढीको कर योग्य वस्तुको बिक्री गरेको देखिए पनि करदाता मूअकरमा दर्ता नभएको र पटक-पटक चामलको बिल बनाई अवैध रुपमा भन्सार चोरी पैठारी गरी चिनीको कारोबार गरेको देखिएको छ ।

कार्यालयले यादवको हकमा मुअकर र भन्सार चोरी पैठारीतर्फको तीन करोड ४७ लाख बिगो कायम गरी प्रतिवादीबाट असुल उपर गरी शतप्रतिशत जरिबानासहित हदैसम्मको कैद सजाय र प्रतिवादी क्रेता शर्मालाई ११ लाख ७१ हजार बिगो कायम गरी हदैसम्मको कैद सजायको माग गरिएको छ ।

यस्तै प्रतिवादी हिक्मतप्रसाद आचार्यको हकमा क्रेता शर्मालाई प्रत्यक्ष सहयोग गरेको देखिएकोले आधा सजाय माग दावी र प्रतिवादी विनोद थापालाई राजस्व चुहावटको कसूरमा संलग्नता रहेको पुष्टि भएकोले जरिवाना माग गर्दै मुद्दा दायर गरिएको राजश्व विभागका उपमहानिर्देशक कृष्णकुमारी श्रेष्ठद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित