Rashtriya Dainik

नवलपरासीमा वेवारिसे शव फेला

उमेश बि.क / नवलपरासी ,१२ असार

बिहिवार नवलपरासीमा वेवारिसे शव फेला परेको छ । रामग्राम नगरपालिका वडा नं. १ सण्डामा नाम, थर र वतन खुल्न नसकेको शव फेला परेको हो ।

पश्चिम नवलपरासीको प्रहरी प्रबक्ता डिएसपी विरदत्त पन्तका अनुसार अन्दाजी वर्ष ३०/३५ का पुरुषको शव फेला परेको छ ।

बिहीबार बिहान साढे ६ बजेकाे समयमा अचेत भई ढलिरहेको अवस्थामा छ भन्ने स्थानीय मार्फत जानकारी प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट प्रहरी नायव निरीक्षक बरजित कामीको कमाण्डमा ५ जनाको टोली खटेकाे हाे । मृत्युबारे थप अनुसन्धानको लागी प्रहरी निरीक्षक नारायण थापाको कमाण्डमा SOCO सहित ५ जनाको टोली खटिगई शव जाच प्रकृति मुचुल्का समेत कार्यगरी शवलाई पोष्टमार्टम तथा सनाखतको लागि पृथ्वीचन्द्र अस्पताल नवलपरासीमा लगिएको छ।
शव पहिचानका लागि सूचना आदानप्रदान भैईरहेको प्रहरीले जनाएकाे छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित