Rashtriya Dainik

गाेबरहीयामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर एक युवाको मृत्यु

राष्ट्रिय दैनिक / नवलपरासी ,१२ असार

पश्चिम नवलपरासीमा करेन्ट लागेर एक जना युवाको मृत्यु भएको छ। सरावल गाउँपालिका वडा नम्बर ४ गाेबरहीया निवासी ३२ वर्षीय नारायण चाैधरीको मृत्यु भएको हाे ।

मंगलबार बिउमा एवं धान रोपाइँका लागि विद्युतीय मोटरबाट सिँचाइ गर्ने क्रममा करेन्ट लागेर घाइते भएका चाैधरीको उपचारका क्रममा मृत्यु भएको स्थानीय बासिले जानकारी दिइएका हुन ।

घाइते चाैधरीलाई उपचारको लागि पृथ्वीचन्द्र अस्पताल लगिएको थियो तर अवस्था हेरि अस्पतालले रिफर गरिदिइएकाे थियो । थप उपचारका लागि घरका ब्यक्ति रुपन्देहीको मणिग्राममा अवस्थित अस्पतालमा उपचारको क्रममा डक्टरले मृत घाेषणा गरेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित