प्रकाश न्यौपाने / नवलपरासी ,असार १२ गते
बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा बुधबार शंकरनगर र मदरबाबा खानेपानी सरसफाइ उपभोक्ता संस्थाका पदाधिकारीहरुको संयुक्त अध्ययन अवलोकन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
रूपन्देहीको तिलत्तमा–२ मा रहेको शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था र नवलपरासीको सुस्ता–२ स्थित मदरबाबा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष, पदाधिकारी तथा कार्यालय प्रमुखहरूको टोलीले बर्दघाटको खानेपानी व्यवस्थापन, सेवा प्रवाह र संस्थागत संरचनाको अवलोकन गरेका हुन्।
कार्यक्रमका दौरान तीनै संस्थाबीच आपसी अनुभव आदान–प्रदान, समस्याका समाधानका उपायहरू तथा उपभोक्तामुखी सेवा प्रवाहबारे विस्तृत अन्तरक्रिया भएको थियो। सहभागी संस्थाहरूले बर्दघाटलाई अध्ययन अवलोकनको मुकाम बनाएकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि आपसी सहकार्य र सिकाइका यस्ता अवसरहरूलाई निरन्तरता दिने प्रतिबद्धता गरिएको बर्दघाट खानेपानीका अध्यक्ष दिपक लम्सालले जानकारी दिनु भयो ।
बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले शंकरनगर र मदरबाबा खानेपानी संस्थाका अध्यक्ष, पदाधिकारी र प्रतिनिधिहरूप्रति हार्दिक आभार व्यक्त गर्दै संस्थाको तर्फबाट धन्यवाद ज्ञापन गरेको छ।

राष्ट्रमा नै शुद्ध र गुणस्तरयुक्त पानी खुवाउने सस्थाको रुपमा परिचित भएका कारण बर्दघाट खानेपानीको अवलोकनमा आउने सस्थाहरु क्रमश वृद्धि भएको बर्दघाट खानेपानीका व्यवस्थापक बिष्णु भुसालले उल्लेख गर्नु भयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

