अमृता सुनार/नवलपरासी ,११ असार ।
पश्चिम नवलपरासीको द पायनियर सेकेण्डरी इङ्गलिस बोडिङ्ग स्कुलमा बधाइ तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालयका प्रिन्सिपल कृष्ण प्रसाद शर्माको अध्यक्षतामा तथा विद्यालय संचालक समिति अध्यक्ष यज्ञ प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

श्रीलंकाको कोलम्बोमा आगामी जुलाई २ देखि ७ तारिख सम्म आयोजना हुने ९ औ दक्षिण एसियाली कराते प्रतियोगितामा १४ वर्षमुनिको कातातर्फ छनौट भएका विद्यार्थी सञ्चित कर्माचार्यलाई बधाई तथा शुभकामना दिएको हो ।

कार्यक्रमको संचालन विद्यालयका शिक्षक संगम पाण्डेले गर्नुभएको थियो ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

