Rashtriya Dainik

घरदैलोमै पुगेर मृगौला रोगी भेट्दै नगर प्रमुख श्रेष्ठ

राष्ट्रिय दैनिक / नवलपरासी,११ असार

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले नगर भित्र रहेका मृगौला पिडित बिरामीहरुलाई घर आगनमै पुगेर भेट्घाट गर्नु भएको छ ।घरदैलो मै पुगेर उनिहरुको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनु भएको हो ।

सहिद स्मृती अस्पताल चौपत्तामा डायलासिस सेवा संचालनका लागि यतिबेला व्यापक रुपमा मृगौला पिडित बचाउ महा अभियान मार्फत स्वतस्फुर्त रुपमा आर्थिक संकलन भैरहेको सन्दर्भमा नगर प्रमुख श्रेष्ठ मृगौला पिडित हरुको घरदैलोमै पुगेर उनिहरुको स्वास्थ्य अवस्थाका बारेमा बुझ्नु भएको हो ।

भेटघाटका क्रममा डायलासिस सेवा र महा अभियानका बिषयमा समेत जानकारी गराईदै आईएको छ भने मृगौला रोगिहरु समेत घर आगनमै सेवा पाउने हुदा उनिहरुमा जीवन जिउने आशामा थप उर्जा थपिएको बताएका छ्न ।नगर प्रमुख श्रेष्ठले डायलासिसका लागि सरकार बाट उपलब्ध हुने सेवा सुबिधाका बारेमा जानकारी लिन र त्यसको उपभोग गर्न आग्रह गर्नु भएको छ ।
“हामिले राज्यले दिने सेवा बाहेक डायलासिस गर्ने बिरामीलाई यातायात खर्च निशुल्क गर्दै आएका थियौ”श्रेष्ठले भन्नू भयो ।

डायलासिस गर्ने बिरामीहरुमा यस बारेमा जानकारी नहुदा अब जीवन सकियो कि भन्ने चिन्ताले थप ग्रसित बनाएको छ ।हामी घर दैलोमै पुगेर नियमित डायलासिसले पनि लामो जीवन जिउन सकिन्छ भन्ने हौसला दिन पनि जरुरी रहेको नगर प्रमुख श्रेष्ठले बताउनु भयो ।

“पछिल्लो समय मृगौला रोगिहरु दिनानु दिन बढ्दै गैरहेका छन उहाँहरुकै जीवन रक्षाका लागि निस्वार्थ रुपमा पुण्य कर्म गर्दै छौ,यस महा अभियानमा सबैले सहयोग गर्नु भएको छ,हामी हाम्रो उदेश्य प्राप्तिमा सफल भएर मृगौला पिडितको मुहारमा खुसी ल्याउन चाहान्छौ”श्रेष्ठले भन्नु भयो ।

महा अभियान मार्फत हाल सम्म २१ लाख बढी रकम संकलन भएको मृगौला पिडित बचाउ अभियान (कार्यदल)सह संयोजक सुक बहादुर गुरुङले जानकारी दिनुभयो ।आमा समूह संघ सस्था लगायत सबै बाट उत्साहपुर्ण रुपमा सहयोग जुटेको गुरुङले बताउनु भयो

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित