उमेश बि.क / नवलपरासी ,११ असार
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ७ काे कार्यालयले छोरीको बिहेमा ११ हजार आर्थिक सहयोग गर्ने भएको छ।
आर्थिक बर्ष २०८२/०८३ बाट लागू हुने गरि छोरीको बिहेका लागी ११ हजार सहयोग प्रदान गर्ने याेजना तथा कार्यक्रम राखिएको सरावल ७ काे वडा अध्यक्ष ह्यात खाँ धुनियाले जानकारी दिनुभएको हाे।

वडा अध्यक्ष धुनियाका अनुसार नयाँ आर्थिक बर्षबाट लागुहुनेगरी २० बर्ष पुगी छाेरीकाे बिवाह गर्ने परिवारलाई आर्थिक सहयोग दिने बताउनुभएको हाे।
बालविवाह न्यूनीकरण गर्न र छोरीलाई उच्च शिक्षा सम्म पहुँच पुर्याउनमा सहयोग पुग्ने भन्दै वडा अध्यक्षले यस्तो निर्णय गरेको बताउनु भएको छ।
सरावल गाउँपालिका वडा नम्बर ७ मा अधिकांश निम्न वर्गीय परिवारका मानिसहरूमा बालविवाहको संख्या बढ्दो छ। छोरीचेलीहरू उच्च शिक्षाको पढाइबाट बञ्चित छन्।
बालविवाह न्यूनीकरण र छोरीको पनि शिक्षामा पहुँच पुगोस् भन्ने उद्देश्य यस्तो कार्यक्रम ल्याएको वडा अध्यक्ष धुनियाले बताउनुभयाे।
केही हद सम्म बालविवाह कम हुन्छ। अभिभावकहरूले छोरीहरूलाई विद्यालय पढाउँछ भन्ने विश्वास लिएको धुनियाले कथन छ।
वडा नम्बर ७ ग्रामीण भेगसंगै अशिक्षा ,गरिबी भएकाले नयाँ आर्थिक वर्षमा गरिब, दलित, बिप्पन बर्गलाई विशेष प्राथमिकतामा राख्दै छोरीको बिहेमा सहयोग दिने भनेर याेजना तथा कार्यक्रम राखेको बताउनुभयो ।
त्यतिमात्र नभइ वडा कार्यालयले किसानलाई विभिन्न बालीको उन्नत बिउ, सिचाईंको लागी कृषि उपकरण र विभिन्न सिपमुलक तालिम समेत प्रदान गरिने बताउनुभएको हाे।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

